राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता नगरप्रमुख यादव द्वारा उद्घाटन
अरमान उपाध्याय
रौतहट । बौधिमाई नगरपालिकाको गुजरामाई खेलमैदानमा बौधिमाई नगरपालिका सरमुज्वाको आयोजनामा राष्ट्रपति रनिंङ सिल्ड प्रतियोगिता २०८० नगरप्रमुख प्रदिप कुमार यादवले शुक्रबार उदघाटन गरेको हो ।
शिक्षा संयोजक रमेष राय यादवको अध्यक्षतामा सुरु भएको उदघाटन कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख यादव रहेका थिए । विशिष्ट अतिथि नगर उपप्रमुख प्रमिला जयस्वाल, अतिथि निमित पमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव ,लेखा प्रमुख अरबिन्द यादव लगायत वडान.१ देखि ९ सम्मको वडा अध्यक्ष ,बिन्देसवर राय यादव ,रामजोधी राउत र कार्यपालिका सद्स्य सुनिल प्र.जयस्वालको उपस्थिति रहेको थियो ।
प्रतियोगिता नगरपालिका भित्र रहेको १८ बिद्यालय मध्ये ७ विद्यालय बिच हुने कुरा शिक्षा संयोजक रमेष यादव ले बताए । जसमा मावि ३ र आधारभुत ४ विद्यालय रहेका छन् । ७ विद्यालयबाट जम्मा २५० जना विद्यार्थी खेलाडी सहभागी हुने कुरा संयोजक यादवले बताए ।
प्रतियोगिता माघ २६ गते देखि माघ २८ गते सम्म हुनेछ । प्रतियोगितामा विजय विद्यार्थी तथा विद्यालयलाई सम्मान र पुरस्कार प्रदान गरिने छ ।









