नेपाल क्रिकेट संघलाइ बजेट सार्वजनिक गर्न प्रभु साहको मांग

नेपाल क्रिकेट संघलाइ बजेट सार्वजनिक गर्न प्रभु साहको मांग

पूजा पाठक,
आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले नेपाल क्रिकेट संघलाइ क्रिकेटको लागि आएको बजेट सार्वजानिक गर्नु पर्ने बताएका छन !
रौतहटको मौलापुर नगरपालिकामा पार्टीका कार्यकर्त्तालाइ सम्वोधन गर्दै अध्यक्ष साहले क्रिकेट खेलको नाउमा ठगी गर्ने कार्य बन्द गर्न रौतहट जिल्ला क्रिकेट संघलाइ आग्रह गरेका छ ! उहाले भने रौतहट जिल्ला क्रिकेट संघले खिलाडी छनौटको नाउमा क्रिकेट खेल्ने खिलाडीलाइ भ्रमित गरिरहेको छ त्यस्तो कार्य बन्द गर्नु पर्छ !
रौतहट जिल्लाको सदरमुकाम गौरमा फाल्गुन २६ गते देखि हुन लागेको पालिका कप २०८० को प्रतियोगितामा मौलपुर नगरपालिकाले सहभागिता न जनाए पछि रौतहट क्रिकेट संघले गरेको आलोचनाको बारेमा प्रतिक्रिया दिदै अध्यक्ष साहले १७ पालिका तथा संघ सस्था व्यापारीबाट चन्दा संकलन गरेर ठगी गर्ने कार्य गरिरहेको चर्को आलोचना गरेका छन !
नेपाल सरकारले खेलकूदको लागि क्यानलाइ बर्षेनी १० अर्व रुपैया बजेट दिई रहेकोले सो बाट प्रत्येक जिल्लामा १ करोड़ भन्दा बढ़ी रहेका भागमा पर्ने हुदा चन्दा किन दिनु पर्ने प्रश्न समेत गरेका छन ! क्यान ले भन्नु परयो पैसा छैन म दिन्छु उनले भने बजेट छ भने मौलापुर नगरपालिकालाइ पनि क्रिकेट प्रतियोगिता आयोजनाको लागि दिनु पर्छ !
आफु शुरूमा सांसद भएको बेला मौलापुरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गराउने पहिलो सांसद रहेको दावी गर्दै गौर नगरपालिकाका मेयर , जिल्ला समन्वय समितिको अध्यक्षलाइ जिल्ला स्तरीय क्रिकेट प्रयोगिता गराउन क्षमता छैन भने प्रश्न गरे !
जनकपुर उपमहानगर पालिकाको मेयर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गराउन सक्छ भने निर्वाचन क्षेत्र नम्बर १ का सांसद माधव कुमार नेपाललाइ गराउने हैसियत छैन भनी टिपण्णी गरे ! पूर्व मंत्री साहले गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानू , पूर्व प्रदेश सांसद बाबूलाल साह कानूको नाम लिदै नाम को पछाडि नेपाल थपेर माधव नेपाल को छोरा भतीजो हुन नसक्ने चर्को आलोचना गरे !
पालिका कपको लागि मौलापुर नगरपालिकाले सहयोग नगरे पछि रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपाल प्रति लक्षित गर्दै साहले यस्तो प्रतिक्रिया दिएका छन ! नेपाल क्रिकेट संघले खिलाडी छनौट गर्दा मौलापुर नगरपालिकाको खिलाड़ीलाइ बंचित गर्न कुनै पनि हालतमा नपाउने ठोकूवा गर्दै रौतहट क्रिकेट संघको भ्रममा नपर्न खिलाड़ी हरुलाई अध्यक्ष साहले अपील गरेका छन !

RELATED NEWSसबै