पालिका कपको दोस्रो चरणको खेलमा गौर र माधव नारायण विजयी

पालिका कपको दोस्रो चरणको  खेलमा गौर र माधव नारायण विजयी

पूजा पाठक, ६ चैत्र ।
रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप टी ट्वेंटी क्रिकेट प्रतियोगिताको मंगलवार देखि शुरू भएको दोस्रो चरणको खेलको पहिलो दिन गौर नगरपालिका र माधव नारायण नगरपालिकाले विजयी शुरुवात गरेको छ ।
बिहान भएको खेलमा कटहरिया नगरपालिकालाइ ६४ रनले पराजित गर्दै गौर नगरपालिका बिजयी भएको हो ।
टस जितेर बल्लेबाजी गरेका गौर नगरपालिकाले सीतेश तिवारीको ५१ रन र सन्नी साहको २४ रनको पारीको मदतले २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रनको चुनौतीपूर्ण स्कोर खड़ा गरेका थिए ।
१४९ रनको विजयी लक्ष्य पाएका कटहरिया नगरपालिकाले १८ ओभर ४ गेन्दमा १० विकेटको क्षतिमा ८४ रन मात्र बनाएर ६४ रनले पराजित भएको छ । कटहरियाको तर्फबाट नरेश साहले २८ रन बनाएका थिए ।
दिउँसो भएको खेलमा दुर्गा भगवती गाउपालिकालाइ ७४ रनले पराजित गर्दै माधवनारायण नगरपालिका विजयी भएको छ । पहिलो पटक बैटिंग गरेका माधव नारायण नगरपालिकाले २० ओभरमा ७ विकेटको क्षतिमा अहिले सम्मको उच्च स्कोर १८५ रन खड़ा गरेको आयोजक रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रवीण टिबड़ेवालले जनाएको छ ।
सचिन यादव ७७ रन , चन्दन यादव २० रन र विबेक सहनी १८ रनको पारी खेलेका छन । १८६ रनको लक्ष्य पूरा गर्न आएका दुर्गा भगवती गाउँपालिकाले १७ ओभरमा १० विकेट गुमाउदै १११ रन मात्र बनाएर मैच गुमाएका छन । जगरनाथ दासले ३१ र रितिक गुप्ताले २८ रनको व्यक्तिगत योगदान दिएको प्रेस संयोजकले जनाएको छ ।

RELATED NEWSसबै