युरोपियन कपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
युरोकपको क्वाटरफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो खेल नेपाली समय अनुसार राति ९ः४५ बजे स्पेन र जर्मनीबीच हुनेछ ।
स्पेनले जर्जियालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने राउन्ड १६ मा जर्मनीले डेनमार्कलाई २–० ले हराएको थियो ।
युरोकपमा दुई बलियो टोली रहेको स्पेन र जर्मनीको खेल रोमाञ्चक हुने देखिएको छ ।।
स्पेन र जर्मनीले एकअर्काविरुद्ध २६ खेल खेलेका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
स्पेनले तीन पटक (१९६४, २००८ र २०१२) युरोकप जितेको छ र १९८४ मा उपविजेताको रूपमा समाप्त भएको छ। यस युरोकपको आयोजना गर्ने जर्मनीले यसलाई तीन पटक जितेको छ र तीन पटक उपविजेता भएको छ। उनीहरुको अन्तिम जित सन् १९९६ मा भएको थियो।









