आजको मौसम अपडेट: देशका धेरै भागमा बदली र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, १९ जेठ —
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसोको मौसम
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, मधेश, बागमती, गण्डकी प्रदेश तथा पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
रातिको मौसम
राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।
कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थान र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सतर्कता र सुझाव
मौसम विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन सबैलाई अनुरोध गरेको छ।









