यमुनामाई भ्रस्टाचार गर्नेको अखाड़ा बन्दै वड़ा अध्यक्ष यादव

यमुनामाई भ्रस्टाचार गर्नेको अखाड़ा बन्दै   वड़ा अध्यक्ष यादव

राकेश यादव , असोज ९
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ का वड़ा अध्यक्ष सीताराम यादवले गाउँपालिका भ्रस्टाचारको अखाड़ा बन्दै गएको बताउनु भएको छ ।
बुधवार वड़ा कार्यालयमा संचारकर्मी संग कुरा गर्दै वड़ा अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष मोहमद सउद भने ईर्सादको कारण गाउँपालिका भ्रस्टाचारमा डुब्दै गएको आरोप लगाए ।
गएको भाद्र ५ गते गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले मिलेर गरेको गोप्य टेण्डरको विषयमा चर्चामा आएको यमुनामाई गाउँपालिकामा भ्रस्टाचारको केन्द्र बिन्दु नै बनेको हो । गएको आर्थिक वर्षको जडान नै भएको बोरिंगको भुक्तानी गर्नको लागि चालू आर्थिक बर्षमा व्यवसायी संग मिलेर गोप्य टेण्डर गरिएको उहाले दावी गरेका छन ।
गोप्य टेण्डर गरिएको विषय सार्वजानिक हुदा जानकारी पाएर गाउँपालिका अध्यक्ष इर्शाद संग सोध्दा त्यस्तो नभएको जवाव दिएको बताउँदै वड़ा अध्यक्ष यादवले कार्यपालिका बैठकमा अनुमोदन गराउन ल्याउदा गोप्य टेण्डर गरिएको यथार्त थाहा पाएको सुनाए ।
गोप्य गरिएको टेण्डर रद गरी सार्वजानिक गर्न अड़ान लिएर पछि कार्यपालिका बैठकबाट सो टेण्डर पास नभएको बताए ! जनताको आवश्यकता ,आकांक्षा अनुरूप काम नगरी आफ्नो आर्थिक रुपमा फायदा लिने उदेश्यले काम गर्न लागेका अध्यक्षलाइ जनताले नछोड़नेको भनाइ रहेको छ ।
कर्मचारी नियुक्ति , इन्धन खर्च, दिवा खाजामा अनियमितता भैरहेको बिषयमा आफुहरु खुलेयाम विरोध जनाइरहेको बताउँदै वड़ा अध्यक्ष यादवले भ्रस्टाचारको विषयमा छानविन गरी कार्यवाही गर्न सम्वन्धित निकायमा उजुरी गर्दा पनि कुनै चासो नदेखाएको गुनासो गरे ।
शिक्षा ,स्वास्थ्य र कृषिमा लगानी गर्न जोड़ दीदा पनि गाउँपालिका अध्यक्षले फायदा नदेखेपछि आनाकानी गर्ने गरेको आरोप लगाए ! सरकारी गाडीको दुरूपयोग गर्ने अध्यक्ष इर्शादले वड़ाको विकास निर्माणको बजेट बिनियोजनमा पनि विभेद गर्ने गरेको उल्लेख गरे । हाकिम ,लेखपाल र अध्यक्ष मिलेर विद्यालयमा जाने दिवा खाजामा पनि कमिसन लिने गरेको दावी गरे । विद्यालयमा उपस्थित नहुने विद्यार्थीको पनि हाजिरी प्रमाणित गरेर बढ़ी रकम निकासा गराउने र प्राध्यानध्यापक संग बढ़ी भुक्तानी भएर रकम फिर्ता लिने गरेको बताए ।
सुचनाको हक़ प्रयोग गरी सुचना मांग गर्दा गाउँपालिका अध्यक्षले गरेको ८ बुँदे सहमति अहिले सम्म कार्यान्वयन समेत नगरेकोले भ्रस्टाचार गर्ने नियत राखेर अगाडी बढिरहेको गाउँपालिका अध्यक्षको विरुद्ध संघर्षमा उत्रिने चेतावनी समेत दिए ।
विकास निर्माणको योजना कार्यान्वयन गर्न समावेशिता , पारदर्शिता अपनाउन पटक पटक आग्रह गर्दा पनि अध्यक्षले कुनै चासो नदेखाएको बताउँदै भ्रस्टाचारको बढ़ाबा दिने गाउँपालिका अध्यक्ष लगायत संलग्न कर्मचारी जनप्रतिनिधि माथि छानविन गरी कार्यवाही गर्न सम्वन्धित निकाय संग जोड़दार मांग गरेका छन ।