रौतहटको कर्कच बाट हथियार सहित एक जना पक्राउ
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कचबाट हथियार सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटी गएको गस्ती टोलीले कर्कचमा लागेको मेलामा चेकजाच गर्ने क्रममा अटो मेटिक पिस्टल USA लेखिएको हथियार र गोली सहित एक जनालाइ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका वडा नम्बर ६ मा बस्ने बिल्टु यादवको ५६ वर्षीय छोरा भोला राय यादवलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ परेका यादवको साथ बाट पिस्तौल १ थान,मैगजिंन १ थान,९ एम एमको गोली ४ राउण्ड,सर्ट गनको गोली २ राउण्ड बरामद भएको प्रहरी नायब उपरिक्षक दिपक रायले जानकारी दिएका छन्। पक्राउ परेका यादवलाइ हिरासतमा राखी थप अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ।









