वडा अध्यक्ष दासद्वारा क्रिकेट सामाग्री वितरण

वडा अध्यक्ष दासद्वारा क्रिकेट सामाग्री वितरण

Khelkhud

खेल जगतमा युवाहरूको समावेशी गराउने उदेश्यका साथ खेल विकासका लागि क्रिकेट सामाग्री वितरण भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच गाउँमा आज क्रिकेट सामाग्री वितरण भएको हो ।

बुधबार एक कार्यक्रमका बीच वडा अध्यक्ष विष्णमु (विष्णु) कुमार दासले क्रिकेटको पूरा सेटसहित वितरण गरेको बताए । खेल जगतमा युवाहरूलाई साथ दिदै र उत्प्रेरित गर्नका लागि यस्तो कार्यक्रम सुरुदेखि नै गर्दै आएको वडा अध्यक्ष दासले बताए । खेल सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष दासले ६ नम्वर वडालाई खेलकुद क्षेत्रमा अगाडी बढाउन वडाले कुनै कसुर बांकी नराख्ने भन्दै वडाभित्र खेलको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने बताए ।

युवाहरु पनि खुशीका साथ वडा अध्यक्ष दासद्वारा हस्तान्तरण भएको क्रिकेट सामाग्री पाउदा धेरै खुशी लागेको बताए । अब साच्चै नै खेल जगतमा यस्तो भुमिकाबाट सकारात्मक प्रभाव पर्ने विश्वास राखेको कुन्दनकुमार दासले बताए ।

सो कार्यक्रममा देवाही गोनाही नगरपालिकाका कार्यपालिका सदस्य जयराम साह, वडा नम्बर ५ का सचीव, जनप्रतिनिधिहरु तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

RELATED NEWSसबै