पत्रकारहरुलाई खुलेर कलम चलाउन प्रदेश सांसद साहको आग्रह
पुजा पाठक
रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क बाट नेपाली कांग्रेसका निर्वाचित प्रदेश सभा सदस्य नागेन्द्र साहले सत्य र न्यायको लागि निर्धक रुपमा पत्रकारले कलम चलाउन आग्रह गरेका छन्।
गौरमा आयोजना गरिएको मधेश भुमि दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सब समारोहमा सम्बोधन गर्दै प्रदेश सांसद साहले देश, समाजको विकासको लागि संचारको महत्वपूर्ण भूमिका रहेको बताए।
समाजमा लुकेका बिकृति, विसंगति, बिरुद्ध सचेतना जगाउने तथा सरकारबाट पाउने सेवा सुबिधा बारे आम जनतालाइ सुसुचित गर्ने दायित्ब संचार क्षेत्रको नै भएको कुनै पार्टी, नेता, व्यक्ति बिशेष प्रति आश्रित भै पत्रकारिता गरी पिडित, गरिव, असहायको न्यायको लागि निर्धक भएर कलम चलाउनु सन्चारकर्मी संग आग्रह गरे।
अनियमिता, भ्रस्टाचारीको अन्त्यको लागि आवाज उठाउनु पर्ने भन्दै पत्रकार देशको चौथो अंगको रुपमा रहेकोले खबरदारी गर्नु पर्ने सुझाब प्रदेश सांसद साहको भनाई रहेको छ। प्रदेश सांसद साहले पत्रकारिता गरिरहेका तथा नियमित रुपमा प्रकाशन हुदै आएका पत्र पत्रिकाको विकासको लागि आवश्यकता अनुसार सहयोग गर्न प्रतिब्द्धता व्यक्त गरे।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रत्यासी एबम नेपाली कांग्रेस गौरको नगर सभापति मोहन यादवले अवाज बिहिनको आवाज भनेर चिनिने पत्रकारलाइ अन्यायको बिरुद्ध लेखेर आम जनतालाइ न्याय र विकासको अनुभूति गर्नु पर्ने बताए।
गलत, झुकाब मुलक समाचारले आम जनता भ्रमित हुने भएकोले व्यवसायिक पत्रकारितालाइ गर्नु पर्ने धारणा व्यक्त गरे।
समारोहमा नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा, बरिष्ठ पत्रकार प्रभात कुमार झा, प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष उत्तम उपाध्याय,जनमत पार्टीका विकास यादव लगायतका बक्ताले पत्रिकाका को सफलताको कामना गर्दै निरन्तर रुपमा प्रकाशन गर्नु पर्नेमा जोड दिए।
प्रकाशक शिला कुमारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पत्रिकाका सम्पादक सुरेश बर्मा, सह सम्पादक पुजा पाठक रेखा, सम्बददाता, बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारलाइ सम्मानित गरिएको छ।
बार्षिकोत्सबको अवसरमा गौर एकेड्मीमा अध्यन गरिरहेका १६० जनाको निशुल्क आखा परिक्षण गरिएको छ।नेपाल नेत्र ज्योति संघ गौर आखा अस्पताल पुरेनवाबाट आएको चिकित्सकहरुको टोलीले ६२ जनालाइ औषधि तथा ३९ जनालाइ चश्मा उपलब्ध गराएको आयोजक मधेश भुमि दैनिक पत्रिकाले जनाएको छ।









