रौतहटमा मल अभाव, बाडिदै गरेको युरिया लुटियो, कृषक डिलरको घर चहार्दै

रौतहटमा मल अभाव, बाडिदै गरेको युरिया लुटियो, कृषक डिलरको घर चहार्दै

रौतहटमा मल अभाव बाडिदै गरेको युरिया लुटियो, कृषक डिलरको घर चहार्दै

धर्मेन्द्र कुमार साह । राैतहट ।
चरम सुख्खाका बीच रोपाई सकेका रौतहटका किसानहरु यति खेर मल खादको अभाव झेलिरहेको छ । डी.ए. पी को अभावमा रोपाई गरेका किसानहरुलाई अहिले युरियाको लागि डिलरको घर चहार्नु परेको छ । रौतहटमा मल खाद आपूर्ति गर्दै आएको साल्ट ट्रेडिंग कम्पनि गौर र कृषि सामग्री कम्पनि चंद्रपुरले पर्याप्त मात्रामा आपूर्ति गर्न नसक्दा बजारमा किसानले युरिया पाउन सकेको छैन ।
रोपाई सकेको १० दिन देखि २० दिनमा कृषकलाई युरिया मल चाहिन्छ । तर नेपालमा बर्षेनी मल खाधको अभाव हुदै आएको हो । धान खेतमा युरिया हाल्ने बेला भएको छ । तर हरेक बर्ष जस्तै यस बर्ष पनि बजारमा युरियाको चरम अभाव देखिएको छ । रौतहट लगायतका मध्ये तराईका अधिकांश जिल्लामा मलको चरम अभाव देखिएको हो । मलबिनै रोपाइँ गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।
सदरमुकाम गौर रौतहट जिल्लाको दक्षणि पुर्बी क्षेत्रको प्रमुख बजार हो । तर यहा युरिया मल भन्ने उपलब्ध छैन । पछिल्लो समय सम्बन्धित नगरपालिकाले आ आफ्नो नगरपालिकाको लागि भन्दै डिलर मार्फत मलखाद आपूर्ति गर्दै आएकोमा ति डिलरहरुले साल्ट ट्रेडिंग कम्पनि र कृषि सामग्री कम्पनीबाट पर्याप्त मात्रामा खाद पाउन नसक्दा समस्या देखिएको देव बचत तथा ऋण सहकारीका संचालक लाल बिहारी साहको दावी छ ।

रौतहटमा मल अभाव, बाडिदै गरेको युरिया लुटियो, कृषक डिलरको घर चहार्दै

गौर नगरपालिका वार्ड नम्बर ४ निवासी राम सोगारथ चनौ बिगत ३ दिन देखि गौर बजार घुम्दै छन् । उनले २८ किलो युरिया समेत पाउन सकेका छैनन् । उनि बस्ने गौर नगरपालिकाको वार्ड नम्बर ४ का किसानहरुको लागि नगरपालिकाले देव बचत तथा ऋण सहकारी संस्थालाई तोकिदिएको छ । तर उनि तोकेको डिलरको पसलमा जादा समेत मल पाउन नसकेको गुनासो गर्छन । “ डिलरले ११ बजे आउन भनेको थियो , १२ बजे पुग्दा युरिया बाडी सकिएको जवाफ दिन्छ । खेतमा बालीलाई युरिया नदिए उबज्नी होला जस्तो छैन ।” उनको गुनासो छ ।
अर्का किसान बिन्देसर सहनीको कथा पनि त्यस्तै छ । “डिलरले बोलाएको समयमा पुग्दा समेत सबै मलखाद बाडी सकेको जवाफ दिन्छ ।” उनि दावी गर्छन ।
यस सम्बन्धमा सम्बन्धित डिलर लाल बिहारी साहले आफुले गौर नगरपालिकाको वार्ड नम्बर २,३, ४ र ६ को लागि भनि १४९ बोरा छुट्याइएको र वार्ड नम्बर ४ को लागि ४९ बोरा छुट्याइएकोले मांग बमोजिमको आपूर्ति गर्न नसकेको बताए । उनले ४०० बोरा आवस्यक रहेको तोलाको लागि ४९ बोरा युरिया उपलब्ध गराइएकोले किसानहरुको गुनासो सम्बोधन गर्न नसकिएको स्वीकार गरे ।
गौर नगरपालिकाको लागि साल्ट ट्रेडिंग कम्पनि गौरले ३४५ बोरा युरिया खाद उपलब्ध गराएको थियो ।
राजदेवी नगरपालिका वार्ड नम्बर ४ बसतपुरका राधेश्याम साहले ‘मल नपाउँदा धान बाली बिग्रिन लागेको बताउछ । “खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन । पहिला पहिला राजदेवी नगरपालिकाको ब्रह्मपुरी र लक्षमिपुर मा भारतबाट अवैध रूपमा भित्र्याइएको मल पाइन्थ्यो । यस वर्ष भारतबाट समेत मल आउन सकेको छैन ।” उनले बताए ।
उनले रोपाईको बेला आवस्यक डी ए पी मल अहिले पाउने तर अहिले आवस्यक युरिया नपाउदा उब्जनी घट्ने निश्चित रहेको दावी गरे ।
अभाव चरममा, गरुडामा युरिया लुटपाट
मलखादको चरम अभाव भएसंगै बाडिदै गरेको युरिया लुटपाट भएको छ । रौतहटको गरुडामा रहेका एक सहकारी संस्थाले मंगलवार आफ्नै कार्यालयबाट युरिया वितरण गरिरहेको अवस्थामा युरियाको लागि पुगेको भिड अन्यन्त्रित हुदै ५० बोरा भन्दा धेरै युरिया लुटपाट गरेको हो । लुटपाटको घटना भए संगै नगरपालिकाले साल्ट ट्रेडिंग कम्पनि गौरले उपलब्ध गराएको मल तत्काल बाड्न नसकिने निष्कर्ष निकालेको छ । गरुडा नगरपालिकाले अनौपचारिक निर्णय गरि पछि गरुडा नगरपालिकाको लागि साल्ट ट्रेडिंगले छुट्याएको मल गोदाममै थन्केको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनि जैसवालले शुक्रवार लुटपाट भएको भनिएको घटना सम्बन्धमा छिनोफानो हुने भएकोले त्यस पछी मात्रै मलखाद बुझ्ने मनस्थिति बनाए पछी गरुडाको लागि छुट्याएको खाद गोदाममै थन्केको हो ।
कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक अनुसार रौतहट जिल्लामा १० हजार मेट्रिक टन युरिया र ६ हजार मेट्रिक टन डी.ए.पी को आवस्यकता रहेको कार्यालय प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए । तर मांग बमोजिमको आपूर्ति हुन् नसक्दा किसानहरु पिडित बनेका हुन् ।
अन्तर जिल्ला तसकारी अर्को समस्या
रौतहट जिल्लामै मलखादको अभाव भैरहदा यहाबाट हुने अन्तर जिल्ला तस्करी अर्को समस्या बनेको छ । खासगरी सर्लाही लगायतका जिल्लाहरुमा रौतहटबाट मलखादको तस्करी हुदै आएको एक जना डिलरले नाम सार्वजनिक नगर्ने सर्तमा बताए । “धर्मपुर स्थित बागमतीको पुलमा मात्रै निगरानि बढाइए डी.ए.पी. अभावको समस्या आधाले घट्छ ।” उनले दावी गरे । पछिल्लो समय डिलरहरुले अभाव देखाई महंगो दरमा सर्लाही तस्करी गर्न थालेको छ । अनुगमन गर्ने जिम्मेवारी पाएका नगरपालिका कार्यालयहरुले पर्याप्त अनुगमन नगरिदिदा तस्करी बढेको स्थानीय भोला पण्डितले आरोप लगाए ।
मल बितरणमा प्रदेश मल ब्यबस्थापन समितिले विभेद गरेको स्थानीयको दावी
मल वितरणको लागि प्रदेश स्तरमा मल ब्यबस्थापन समिति हुन्छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको उक्त समितिको सिफारिसको आधारमा साल्ट ट्रेडिंग कम्पनि र कृषि सामग्री कम्पनीले स्थानीय तहहरुलाई मलखाद बिनियोजन गर्छ । सोहि बमोजिम स्थानीय तहहरुले कृषि भुमिको तथ्यांक अनुसार वार्डहरुलाई मलखादको बिनियोजन गर्दै साल्ट ट्रेडिंग कम्पनि र कृषि सामग्री कम्पनिलाई सिफारिस गर्छ । मधेश प्रदेश स्थित रहेका मल ब्यबस्थापन समितिको श्रावन १८ गते बसेको बैठकले साल्ट ट्रेडिंग कम्पनि बिरगंजबाट प्राप्त हुने ५५२४.१० मेट्रिक टन युरिया मध्ये सिरहा र सप्तरीको लागि १९३२.५३ मेट्रिक टन र बाकि ६ जिल्लाको लागि ३५९१.५७ मेट्रिक टन युरिया उपलब्ध गराउने निर्णय गरे संगै सो निर्णयको ब्यापक बिरोध भएको छ । सबै जिल्लालाई समान रुपमा वितरण गर्नुको सट्टा तजबिज देखाएको र रौतहट लगायतका ६ जिल्ला संग भेदभाव गरिएको भन्दै डिलरहरुले आपति जनाएका छन् ।\
रौतहट जिल्लामा साल्ट ट्रेडिंग कम्पनि गौरबाट ११८ ओटा डिलरहरु तथा कृषि सामग्री कम्पनि चंद्रपुरबाट २०३ डिलरहरुले जिल्ला भरि मलखादको आपूर्ति गर्ने जिम्मा पाएको छ । कृषि सामग्री कम्पनीले गत आर्थिक वर्षमा रौतहट जिल्लामा ५९२९ मेट्रिक टन युरिया र ४१३४.३ मेट्रिक टन डी.ए.पी वितरण गरेको कार्यालयले जनाएको छ भन्ने साल्ट ट्रेडिंग कम्पनि गौरले यो सिजनमा ३ लौटमा गरि ३८९८ मेट्रिक टन युरिया बाडेको कार्यालय प्रमुख बामदेव मिश्राले बताए ।

RELATED NEWSसबै