राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रौतहटको अध्यक्षमा लामा चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रौतहटको अध्यक्षमा लामा चयन

राकेश यादव ।
रौतहट । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको रौतहटको जिल्ला तदर्थ समिति गठन भएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा सोमबार भएको जिल्ला कलाकारहरुको भेलाबाट आशिष लामाको अध्यक्षतामा १५ सदसिय रौतहट जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय गौतम प्रसादको प्रमुख आत्थ्यिमा भएको भेलाबाट तदर्थ समितिको उपाध्यक्षमा कमल श्रेष्ठ, सुशिला चौलागाई, महिला उपाध्यक्षमा सरिता धमाल, सचिवमा आशिष कुस्वार, सह सचिवमा राम बहादुर घलान, कोषाध्यक्षमा अनिशा बिश्वकर्मा चयन भएका छन् । समितिको सदस्यमा किसन यादव, राम निवास यादव,सिर्जना श्रेष्ठ,स्मारिका कुस्वार,भुवन बहादुर बाइबा,केशब चौधरी,राजेश निर्मानी पासवान,देवकी सिबाकोटी र सन्तोष पौडेल रहेका छन् ।
जिल्ला सल्लाहकारमा उदय सापकोटा सुरेन र देवराज लामा रहेका छन् । कार्यक्रममा मधेश प्रदेशका अध्यक्ष रुद्रसेन बिश्वकर्मा,केन्द्रिय सदस्य एवम् मधेश प्रदेश संरक्षक ईश्वरी प्रसाद पन्त,चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय सापकोटा सुरेन,लगायत कलाकारहरुको सहभागिता रहेको  थियो ।

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८