बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज ज्वेलरी रनवे शोमा सहभागी हुन नेपाल आउँदैछिन् । आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा चैत १७ गते ज्वेलरी फेसन रनवे हुने भएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ज्याकलिन रनवेमा शो स्टपरको भूमिकामा देखिनेछिन् ।
सोही धावनमार्गमा आउन लागेकी मोडल किम गुडबर्नले पुरुषको हिराको संग्रह प्रस्तुत गर्ने बताइएको छ । यस कार्यक्रमको बारेमा जारी गरिएको भिडियो सन्देशमा ज्याकलिनले नेपाल आउन पाउँदा निकै उत्साहित भएको बताइन् ।
ज्याकलिन आउने खबरसँगै आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ । आरबीले सोही कार्यक्रमका लागि प्रसिद्ध कन्टेन्ट क्रिएटर रेहान श्रेष्ठलाई व्यावसायिक दूत नियुक्त गरेको छ । ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले ज्याकलिनको उपस्थितिले नेपाली गहनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण सन्देश दिने बताए ।