रौतहटको राजपुरमा हैजाको प्रकोप , ४ नम्बर वडा गरिए सील

रौतहटको राजपुरमा हैजाको प्रकोप , ४ नम्बर वडा गरिए सील

राकेश यादव ।
रौतहट । राजपुर नगरपालिकाको वड़ा नम्बर ४ लाइ सील गरिएको छ । आसोज २ गते देखि हैजा डायरियाको प्रकोप दिन प्रति दिन बढ्दै गएकोले संक्रमण नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले सो वड़ाको सील गरेको हो ।
राजपुर नगरपालिकाको आग्रहमा महामारी रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले वड़ा नम्बर ४ जोबैर चौक देखि मदनी चौक , शेख अब्दुल्लाहको खलिहान देखि डाक्टर नुरुल होदाको घर सम्म वरिपरिको क्षेत्र असोज ६ गते देखि अर्को आदेश नआए सम्मको लागि सील गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
असोज २ गते १ जनामा डायरिया देखिएकोमा ६ गते सम्म ६२ जना संक्रमित भइसकेकोले महामारी नियन्त्रण गर्नको लागि वड़ा नम्बर ४ लाई सील गरिएको बताइएको छ ।
तोकिए बमोजिमको क्षेत्रहरुमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सरसफाईकर्मी र अतिआवशयक अत्यंत जरुरी काम बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडुल गर्ने र एक अर्काको घरमा आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ ।
अतिआवश्यक सेवा बाहेकका सवारी साधनलाइ आवागमनमा सो अवधि भरीको लागि रोक लगाइएको छ ! जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा सील गरिएको क्षेत्रमा माछा मासु ओसार पसार र विक्री बितरणमा रोक लगाइएको छ । डायरियाको संक्रमणको कारण अहिले यकीन साथ पुस्टि हुन नसकेकोले राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह समेत गरेका छन ! नगर प्रमुख डाक्टर आलमका अनुसार ६२ जना विरामी मध्ये ४० जना उपचार पछि घर फर्की सकेका छन भने २२ जनाको राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जनाएको छन ।

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८