निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन

निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन

निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पताल

बारा, २८ कार्तिक । निजगढमा तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसनको साझेदारीमा निर्माण गरिएको सामुदायिक आँखा अस्पताल बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका छन्। यो बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो।
मुख्यमन्त्री सिंहले उद्घाटन समारोहमा भने, “यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ।“ अस्पतालको निर्माणमा करिव ३० करोडको लागत लागेको छ र यसले हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार गर्ने क्षमता राख्दछ, जसले स्थानीय समुदायलाई गुणस्तरीय र सर्वसुलभ आँखा उपचार सेवा उपलब्ध गराउनेछ।
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक प्रा.डा.सन्दुक रुइटले भने, “यो भेगमा गुणस्तरीय र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ।“ द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले पनि यस अस्पताललाई नयाँ अध्यायको शुरुआत भनेर वर्णन गरे।
नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र ७,८२,७०० जनाले कुनै न कुनै दृष्टि समस्या भोगिरहेका छन्। अन्धोपनको समस्या मधेश प्रदेशमा धेरै उच्च रहेको छ, तर ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ।
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष र अन्य आँखाका रोगहरूको उपचार गर्ने योजना बनाएको छ। आगामी पाँच वर्षमा यो अस्पतालले मधेश प्रदेशबाट २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ।
विशार्टले थपे, “फाउन्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ।“ यस अस्पतालले विशेष प्राथमिकताका साथ महिलाहरूका लागि आँखा स्वास्थ्यको पहुँच सुधार्ने दिशामा काम गर्नेछ।
अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरेर सौर्य उर्जाको उपयोग गर्ने योजना पनि बनाएको छ, जसले वातावरण अनुकूल प्रणालीहरूलाई समावेश गर्नेछ।

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८