तामागढी अस्पतालले माघ ३ देखि ५ सम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने

तामागढी अस्पतालले माघ ३ देखि ५ सम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने

तमागढी अस्पताल प्रा. लि. को प्रांगणमा एक पत्रकार सम्मेलन

दिपेन्द्र जैसवाल । कोल्हवी, बारामा थारु जातिको नयाँवर्ष माघी पर्वको अवसरमा बुधबार तामागढी अस्पताल प्रा. लि. को प्रांगणमा एक पत्रकार सम्मेलन सम्पन्न भएको छ। सो सम्मेलनको अध्यक्षता अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं मुख्य प्रबन्धक बिबेक चौधरीले गरेका थिए।

पत्रकार सम्मेलनमा अस्पतालले जानकारी गराए अनुसार, माघ ३ गतेदेखि माघ ५ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यस शिविरमा विभिन्न स्वास्थ्य परीक्षण र चेकजाँच सेवाहरू प्रदान गरिनेछन्। जसमा माघ ३ गतेः निःशुल्क थाइराई चेकअप र सेम्पल कलेक्सन , माघ ४ गतेः वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जितेन्द्र कुमार मिश्रा द्वारा मुटुको परीक्षण, माघ ५ गतेः वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कुमार चौधरी द्वारा चेकजाँच र वरिष्ठ हाडजाेर्नी तथा नशा राेग विशेषज्ञ र्नविन कुमार सिह‌ चेकजाँच द्वारा गरिनेछ । यसको साथै शिविर अवधिमा ईसीजी, ल्याब परीक्षण, भिडियो एक्सरे र सामान्य एक्सरेमा ३०% छुटको व्यवस्था समेत गरिएको अूस्पताल प्रशासनले जानकारी गराए ।

पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाका प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथि थिए। यसका साथै, विभिन्न वडाका अध्यक्ष र थारू समुदायका अगुवाहरू पनि उपस्थित थिए। कार्यक्रमको सञ्चालन राम कुमार उप्रेतीले गरेका थिए।

यस प्रकार, माघी पर्वको अवसरमा स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले आयोजित यो कार्यक्रमले स्थानीय समुदायलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने अपेक्षा गरिएको छ।

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८