रौतहटको गौरबाट एक हप्ता भित्र स्रोत नखुलेको ८ लाख रकम सहित २ जना पक्राउ
राकेश यादव।
रौतहट । जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ बाट प्रहरीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैया रकम सहित एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको गस्ती टोलीले वड़ा नम्बर १ स्थित सड़क खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्री चेकजाच गर्ने क्रममा भारतबाट नेपालमा आउदै गरेको अवस्थामा शंका लागेर चेकजाच गर्दा भारत बिहार जिल्ला सीतामढ़ी थाना बैरगनिया वड़ा नम्बर ११ बस्ने कृष्ण कुमारको १८ बर्षीय छोरा सत्यम भन्ने अनिकेत राजलाइ स्रोत नखुलेको उक्त रकम सहित पक्राउ गरिएको हो ।
भारत बैरगनियाबाट पैदल नेपालमा आउदै गरेको अनिकेतलाइ शंकाको आधारमा चेकजाच गर्दा दाहिने पट्टीको पिडुलामा लुकाएर राखेको ५ सयको नोट नेपाली रुपैया ५० हजार र १ हजारको नेपाली नोट १ लाख ५० हजार तथा बाया पट्टीको पेडूलामा लुकाएर राखेको ५ सयको ५० हजार र १ हजारको १ लाख ५० हजार गरी ४ लाख रुपैया गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन ।
फेला परेको रकमको स्रोत खुलाऊँन भन्दा स्रोत खुलाऊँन नसकेकोले अनिकेतलाइ पक्राउ गरी कÞानुनी कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक गिरीले दावी गरेका छन ।
यस अघि भाद्र १२ गतेका दिन गौर नगरपालिका वड़ा नम्बर २ बाट सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैया सहित भारत बिहार जिल्ला सीतामढ़ी ग्राम पंचायत भटौलिया ५ बेलगंज बस्ने रजाक मियाको छोरा ६१ वर्षीय इस्माइल मियालाइ पक्राउ गरेको थियो ।









