यौन शोषणको आरोपित वडा अध्यक्षको राजीनामाको माग स्थानीयले गरे प्रदर्शन

यौन शोषणको आरोपित वडा अध्यक्षको राजीनामाको माग  स्थानीयले गरे प्रदर्शन

राकेश यादव, भदौ २८
रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका स्थानीयहरुले शोषणको आरोप लागेका वडा अध्यक्षलाई कार्यवाहीको माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरेका छन ।

गाउँकै एक दलित समुदायकि महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गर्दै आएका सोही वडाका वडा अध्यक्ष श्याम किशोर साहको राजीनामाको माग गर्दै स्थानीयहरुले शुक्रबार दिउँसो प्रदर्शन गर्दै वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका हुन ।

स्थानीयहरुले प्लेकार्ड सहित् सोनरनिया गाउँभरी परिक्रमा गरि साहको विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

स्थानीयहरुले महिलालाई यौन शोषण गर्ने वडा अध्यक्ष श्याम किशोर साह राजिनामा दे, चरित्रहिन गुण्डा वडा अध्यक्ष चाहिदैन, वडा अध्यक्ष साहलाई पक्राउ गर सरकार जस्ता नारा लगाएका थिए ।

केहिदिन अघि मात्र सोनरनिया गाउँकै दलित समुदायकि एक विवाहित महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन ।
आफुलाइ विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत ५ वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको भन्दै ती महिलाले न्यायको माग गरेकी थिइन ।

यौन शोषणको घटना सामाजिक संजालमा सार्बजनिक भए पछि मौलापुर नगरपालिकाले यस घटना बारे सत्य तथ्य बुझी दोशीलाई कार्यवाही गर्न भन्दै यहि भदौ ७ गते उपमेयरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

नगरपालिकाले विज्ञपति नै जारी गरि भदौ ७ गतेदेखी १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो तर नगरपालिकाले प्रतिवेदन सार्वजनिक गर्न दिएको १५ दिनको समय समाप्त भएपनि अझै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रको टिकटबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका सान्सदका प्रत्याशी धिरज पटेलले मौलापुर नगर प्रमुख रिना देवि साहले प्रतिवेदन सार्वजनिक नगरि दोशी वडा अध्यक्ष साहलाई कार्यवाही गर्नुको सट्टा जोगाउन खोजेको आरोप लगाएका छन ।

१५ दिन भित्रमा नगरपालिकाले सत्य तथ्य बुझी दोशी वडा अध्यक्षलाई कार्यवाही गर्न पाँच सदस्यीय छानबिन समिती गठन गरेको तर १५ दिन बितिसक्दा पनि पालिकाले अझै प्रतिवेदन सार्वजनिक नगर्नुले नगर प्रमुख साहले वडा अध्यक्ष साहलाई कार्यवाही गर्ने पक्षमा नरहेको कुरा अफ्नो बुझाइ रहेको नेता पटेलले बताए ।

गरिव दलित समुदायकि विवाहित महिलालाई प्रेमको नाटक गरि पटक पटक यौन शोषण गर्ने वडा अध्यक्षलाई कार्यवाही गर्ने कि नगर्ने, जन्ताको काम गर्नुको सट्टा अनैतिक काम गरि समाजमा खल्ल पुर्याउने दोशी वडा अध्यक्षलाई कार्यवाहि गर्ने कि जोगाउने, प्रतिवेदन सार्वजनिक गर्ने कि नगर्ने भनी पटेलले क्षेत्र नम्बर ३ का सान्सद एवं आम

जनता पार्टिका अध्यक्ष प्रभु साह र उनकै श्रीमती मौलापुर नगर प्रमुख रिना साह संग प्रश्न गरेका छन् ।

नगर प्रमुख साहले सत्ताको दुरुपयोग गरि पीडित महिलालाई न्याय दिलाउनुको सट्टा उल्टै दोशी वडा अध्यक्ष साहलाई जोगाउन खोजेको दावी गरे ।

नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष साहलाई कार्यवाही नगरेसम्म आफुले साहको कार्यकक्षमा लगाएको ताला नखोल्ने र यो भन्दा पनि कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीयहरुले चेतावनी दिएका छन ।

RELATED NEWSसबै