भन्सार चोरी निकासीको कार्यमा संलग्न ६ जना माथि कार्यवाही
राकेश यादव,
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी पैठारीको कार्य नियन्त्रण गर्नको लागि अहिले सम्म ६ जनालाइ नियन्त्रणमा लिएर कÞानूनी कार्यवाही गरेको छ ।
भारत बाट राजश्व छली गरी नेपालमा ल्याउने विभिन्न सामग्री सहित प्रहरीको टोलीले ६ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भन्सार चोरी निकासी पैठारीको कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भाद्र १३ गते गौर नगरपालिका वड़ा नम्बर १ मा बस्ने ३४ बर्षीय राजेश कुमार पासवान , भाद्र २७ गते सो वड़ामा बस्ने २८ वर्षीय रविन्द्र कुमार यादव , गौर नगरपालिका वड़ा नम्बर २ मा बस्ने बर्ष १८ को गणेश भारती, गौर नगरपालिका वड़ा नम्बर ४ बस्ने बर्ष २२ को रबिन्द्र साह , भाद्र २८ गते गौर नगरपालिका वड़ा नम्बर ५ मा बस्ने बर्ष २७ को मुकेश कुमार महतो र असोज ६ गते ईशनाथ नगरपालिका वड़ा नम्बर ५ लक्ष्मीनिया टोल बस्ने लम्बू भन्ने शेख सफरुललाइ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएका छन । भन्सार चोरी निकासी पैठारीको कार्यमा संलग्न नहुनु भनी आग्रह गर्दा पनि अवज्ञा गरेको कारन पक्राउ गरी कार्यवाही गरिएको प्रहरीको भनाइ रहेको छ । पक्राउ परेको माथि अभद्र व्यव्हार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।









