कैद र जरिवाना लागेका १० फरार प्रतिबादी पक्राउ

कैद र जरिवाना लागेका १० फरार प्रतिबादी पक्राउ

राकेश यादव,
रौतहट । रौतहट प्रहरीले विभिन्न मिति र समयमा फरार रहेका १० जना प्रतिबादीहरुलाइ पक्राउ गरेको छ ।
रौतहट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट बिभिन्न मुद्दामा घटना पश्चात् फरार रहेका प्रतिबादीलाइ खोज तलाश गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले साउन ३२ गते सवारी ज्यान मुद्दामाँ २४ दिन कैद र २ हजार जरिवाना भएका जिल्ला चितवन खैरनी नगरपालिका वड़ा नम्बर ९ बस्ने बर्ष ४४ को लक्ष्मण अर्याल , इलाका प्रहरी कार्यालय देवाही गोनाहीले भदौ ३ गते लेनदेन मुद्दामा ११ हजार जरिवाना भएको स्थानीय वड़ा नम्बर ३ बस्ने वर्ष ४२ को राम प्रबेश राउतलाइ पक्राउ गरी सम्वन्धित निकायमाँ पेश गरेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट छेदी चौक रौतहटले भाद्र १० गते स्थानीय कटहरिया नगरपालिका वड़ा नम्बर १ बस्ने १९ बर्षीय दीपेश दास तत्मालाइ बहु बिबाह मुद्दामा कैद १ महीना ४ दिन र जरिवाना १५ हजार भएको अभियोगमा पक्राउ गरेको छ । नकबजनी चोरी मुद्दामा कैद २ वर्ष ११ महीना १० दिन तथा १६ हजार २ सय जरिवानाको अभियोगमाँ गौर नगरपालिका वड़ा नम्बर ५ बस्ने नीरज प्रसाद यादव , लागू औषध गाजा मुद्दामाँ कैद १० वर्ष ११ दिन भएको यमुनामाई गाउ पालिका वड़ा नम्बर ४ बस्ने बजरंगी प्रसाद साहलाइ प्रहरीले पक्राउ गरेको छ ।
डाका चोरी मुद्दामा कैद ३ महीना र जरिवाना ३ हजार भएको गढ़ीमाई नगरपालिका वड़ा नम्बर २ बस्ने सिड्रीलाल लाल , कुटपिट लुटपिट गाली बेइज्जती मुद्दामा ५ हजार जरिवाना भएको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बस्ने ३० बर्षको मेराजुल मिया धुनिया , अभद्र व्यव्हार मुद्दामा ४ हजार ६ सय रुपैया जरिवाना भएको गौर नगरपालिका वड़ा नम्बर ४ माँ बस्ने बर्ष २१ को जादोलाल बैठा , अभद्र व्यव्हार मुद्दामा कैद ३ महीना जरिवाना १० हजार भएको गौर नगरपालिका ३ बस्ने वर्ष २५ को राज गुप्तालाइ पक्राउ गरी सम्वन्धित निकायमा कार्यवाहिको लागि पठाइएको प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन ।

RELATED NEWSसबै