वडा अध्यक्ष बिरुद्ध कांग्रेसले शुरू गर्यो रिले अनशन

वडा अध्यक्ष बिरुद्ध कांग्रेसले शुरू गर्यो रिले अनशन

राकेश यादव,
रौतहट । यमुनामाई गाउँपालिका वड़ा नम्बर ४ का वड़ा अध्यक्षको विरुद्ध नेपाली कांग्रेस यमुनामाई गाउँपालिका वड़ा नम्बर ४ का वड़ा समितिका कार्यकर्त्ताहरु बिहीबार देखि रिले अनशनमा बसेका छन ।
बिगत ७ वर्ष देखि वड़ा अध्यक्ष अश्विनी यादव भने चेतन यादवले आफ्नो घरमा वड़ा कार्यालय सञ्चालन गर्दै आएकोमा वड़ा कार्यालयमा कार्यालय सञ्चालन गर्नु पर्ने मांग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले यमुनामाई गाउँपालिकाको कार्यालय सरुअठामा मुख्य गेट अगाडी रिले अनशनमा बसेका हुन ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति श्रीराम यादवले वड़ा अध्यक्ष चेतन यादवले वड़ा कार्यालयको भवन हुदा पनि आफ्नो मनपोली गर्नको लागि निजी घरमा वड़ा कार्यालय सञ्चालन गर्दै आएको आरोप लगाएका छन । वड़ा कार्यालय घरमा राखेर राज्यको रकम दुरूपयोग गरी रहेको दावी वहाको रहेको छ ।
घर भाड़ा गाउँपालिकाबाट लिने उदेश्यले आफ्नो घर मै वड़ा कार्यालय सञ्चालन गरेका वड़ा अध्यक्ष यादवले जनतालाइ दुःख दिने गरेको गुनासो आए पछि आन्दोलन गर्नु परेको जिकिर गरे ।
नेपाली कांग्रेसका प्रदेश महाधिबेसन प्रतिनिधि रणधीर कुमार सिंहले वड़ा कार्यालय सरकारी भवनमा सञ्चालन गर्नु पर्नेमा निजी घरमा सञ्चालन गरेकोले आम नागरिकलाइ सास्ती भैरहेकोले वड़ा कार्यालय सार्नु पर्ने बताए । समर्थकको काम गोप्य रुपमा गर्ने वड़ा अध्यक्ष यादवले प्रतिपक्षका व्यक्तिको काममा आनाकानी गर्ने गरेको र विकास निर्माणको कार्यमा समेत अनियमितता गर्ने गरेको आरोप लगाए ।
वड़ा कार्यालय सार्नु पर्ने पटक पटक आग्रह गर्दा कुनै वास्ता नगरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उल्लेख गरे । वड़ा कार्यालय गाउँपालिका कार्यालय भएको भवनमा नल्याए सम्म संघर्ष जारी रहने चेतावनी समेत दिएका छन ।
रिले अनशनका संयोजक समेत रहेका वड़ा प्रत्यासी श्री राम यादवले गाउ पालिका अध्यक्ष मोहमद सउद भने इरसादलाइ वड़ा कार्यालय सार्नु पर्ने भन्दा पनि कुनै वास्ता नगरेको र वड़ा अध्यक्षको समर्थन गरेकोले नेपाली कांग्रेसले यो कदम उठाएको बताए ।
वड़ा कार्य समितिका सभापति रामानन्द शर्माले जनताको सहजताको लागि रिले अनशन शुरू गरिएको भन्दै मांग पूरा नभए कडा संघर्ष समेत गर्ने चेतावनी दिएका छन ।

RELATED NEWSसबै