जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका लागि तयारीको निर्देशन

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका लागि तयारीको निर्देशन

आन्दोलनका लागि तयार रहन निर्देशन

काठमाडौं । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ। यो बैठक आइतबार काठमाडौंको मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा सम्पन्न भएको हो।

बैठकले २०८१ मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ। यस समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिकाका पूर्वअध्यक्ष, वडाअध्यक्ष र वडाका पूर्वअध्यक्ष समावेश हुनेछन्।

निर्वाचन परिचालन समितिले कातिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णयसमेत गरेको छ।

पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने र २०८४ को निर्वाचनमा बहुमतले तीनवटै तहमा सरकार बनाउनका लागि तयारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

RELATED NEWSसबै