जनमतमा मतदान गर्न उपाध्यक्ष कुशवहाको आग्रह
जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री बसन्त कुशवहा
रौतहट, ८ मंसिर । मंसिर १६ गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा जनमत पार्टीको हरन छापमा मतदान गर्न जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री बसन्त कुशवहाले मतदाताहरु सित आग्रह गरेका छन् । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं. ७ मा घरदैलो कार्यक्रममा मतदाताहरु सित कुरा गर्दै पूर्व मन्त्री कुश्वहाले यस्तो आग्रह गरेका हुन् ।
रौतहट जिल्लाको इशनाथ न.पा. वडा नं. ७, राजपुर न.पा. वडा नं. ६ र गढीमाई न.पा. वडा नं. ८ मा यहि मंसिर १६ गते उपनिर्वाचन हुन गईरहेको छ ।
जनमत पार्टीले रौतहटको तीन वटै वडामा प्रचार प्रसार गर्नका निम्ति केन्दिय सदस्य वृजकिशोर यादव, विकास कुमार यादव र विवेकानन्द साहलाई क्रमशः इशनाथ नपा वडा नं ७, राजपुर नपा वडा नं. ६ र गढीमाई नपा वडा नं. ८ मा संयोजकको जिम्मा दिई खटाएको छ ।
उपाध्यक्ष कुशवहाका अनुसार पार्टीले निर्वाचन परिचालन समिति गठन गरी रौतहट जिल्लाको ३ वटै वडामा निर्वाचनमा सहयोग गर्नका लागि इशनाथ नपा वडा नं. ७ मा केन्द्रिय उपाध्यक्ष बसन्त कुशवहा र प्रदेश सभा सदस्य हसिना खातुन, राजपुर नपा वडा नं. ६ मा केन्द्रिय उपाध्यक्ष अब्दुल खान र मधेश प्रदेश मन्त्री सकिल अलि र गढीमाई नपा वडा नं. ८ मा प्रदेश सभा सदस्य संजय कुमार यादव, नेता विपी साह र मधेश प्रदेश मन्त्री त्रिभुवन साहलाई जिम्मेवारी तोकिएको छ ।
उपाध्यक्ष कुशवहाले सञ्चारकर्मी सित कुरा गर्दै मंसिर १६ गते हुन गई रहेको स्थानिय तहको उपनिर्वाचनमा रौतहट जिल्लाको तीन वटै वडामा हाम्रो दल विजय निश्चित रहेको बताएका छन् । जनमत पार्टीको तर्फबाट इशनाथ नपा वडा नं ७ बाट शेख जमिरुल, वडा नं. ६ बाट क्यामुदिन धुनिया र गढीमाई नपा वडा नं. ८ बाट सुरेन्द्र राउत कुर्मीले उम्मेदबारी दिएका छन् ।









