संघीय संसदका पाँच समितिको बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं, १९ जेठ — संघीय संसद सचिवालय सिंहदरबार परिसरमा आज अर्थसहित पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
अर्थ समितिको बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ। यस बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन विधेयकबारे अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ।
साथै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ः०० बजेबाट सुरु हुँदैछ। यसमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। यसमा हिन्दकुश हिमालय सम्मेलन, समसामयिक विषय र आगामी कार्यक्रमबारे छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजेबाट सुरु हुनेछ। यसमा विद्यालय शिक्षा विधेयक, २०८० को उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ। यसमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ।
यी समितिहरूको बैठकले आगामी नीति र विधायन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।