गठवन्धनको सरकार असफल भयो एमालेले मुलुक समृद्धि हुने अध्यक्ष ओली

गठवन्धनको सरकार असफल भयो एमालेले मुलुक समृद्धि हुने अध्यक्ष ओली

राकेश यादव !
रौतहट । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा नेकपा एमालेको बहुमतको सरकार बन्ने बताउनु भएका छन ! उहाले मिशन ८४ अभियानले नै एमाले सरकारको नेतृत्व गर्ने दावी गरे ! बिहीबार रौतहट जिल्लाको गरुडा स्थित श्रीराम सुगर मिल्सको प्राँगणमा आयोजित नेकपा एमाले रौतहटको जिल्ला अधिबेशनको उदघाटन गर्न आएका केन्द्रीय अध्यक्ष ओलीले सम्वोधन गर्दै एमालेको सरकार बने देशमा बिकास ,समृद्धि ,सुसाशन आउने बताए !
गठबन्धनको सरकार माथि कटाक्ष गर्दै ओलीले नेकपा एमाले सरकारमा गए पछि पैसा छैन भन्दैन , तलब पनि बढाउछ , जेष्ठ नागरिकको भत्ता बढाउछ र नया नया योजना कार्यान्वयन गर्ने बताए ! गठवन्धन सरकारको कारन मुलुकमा अराजकता ,बेरोजगारी र भ्रस्टाचारी बढेको टिप्पणी गरे ! सत्ता गठवन्धनको सरकार असफलता तरÞफ बढेकोले बर्तमान सरकारबाट आर्थिक समृद्धि ,सुशासन कायम हुन नसक्ने दावी गरे !
नेकपा एमाले सरकारमा भएको बेला सड़क बिस्तार,बैदेशिक रोजगारमा जाने युवाको संख्यामा कमी , शिक्षामा महिलाहरुको सहभागिता , अपांग ,दलित ,मुस्लिम ,बृद्ध महिला ,पुरुष ,एकल महिलाले पाउने सामाजिक भत्तामा बृद्धि गरेको जिकिर गरे !
नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रति लक्षित गर्दै ओलीले १५ बर्ष पार्टीको प्रमुख ,प्रधानमन्त्री बनाएर राखेकोमा धोखा दिने अर्को पलट कुनै पनि हालतमा नजितने ठोकूवा गरे ! उनले भने दुइ तिहाईको सरकारलाइ धराशाही गर्ने नेपालको हैसियत अरुको खुट्टा कमाउनेमा पुगेको छ !
पार्टीले सञ्चालन गरेको मिशन ८४ अभियान पूरा गर्न जनताको माझमा गएर जनताको दुःख पीड़ा सुनेर सभव्य ,शालीन बिन्रमता अपनेर समाधान गर्न पार्टीका नेता कार्यकर्त्तालाइ निर्देशन समेत दिएका ओलीले ८४ को निर्वाचनमा रौतहटको ४ संसदीय ,८ प्रादेशिक तथा १८ स्थानीय तह र प्रत्येक वड़ामा एमाले जित्नु पर्ने बताए !गठवन्धनको भक्त भएका माधव कुमार नेपाल लाइ गठवन्धनले फाले पछि घरको न घाटको हुने भन्दै तीखो आलोचन गर्दै पूर्व प्रधानमन्त्री ओलीले एमाले सित गद्दारी गर्ने प्रभु साह पनि आफ्नै नगरपालिका मै सिमित भएर बस्ने बताए !
कार्यक्रममा कोशी प्रदेश इंचार्ज रघुवीर महासेठ , मधेश प्रदेश इंचार्ज योगेश भट्टराई , केन्द्रीय सदस्य अजय कुमार गुप्ता ,लेखा समिति सदस्य राजकिशोर प्रसाद यादव , जिल्ला इंचार्ज पुरुषोत्तम पौडेलले आ आफ्नो मंतव्य राखेका थिए ! जिल्ला संयोजक सचितानंद साहको अध्यक्षता भएको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी सयौको संख्यामा पार्टी प्रवेश गरेका छन !

RELATED NEWSसबै