स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग

स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग

काठमाडौँ, २८ माघ : राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो । आयोग अबको १५ दिनभित्र नारायणहिटी दरबारस्थित तत्कालीन राहदानी विभागको भवनमा सरिसक्ने आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिनुभयो । सहरी विकासमन्त्री सीता गुरुङले गत असोज २१ गते मन्त्रिस्तरीय निर्णयबाट राहदानी विभागको भवनको पहिलो तला र अपुग भएमा अन्य तलाका कोठासमेत आयोगलाई स्वामित्व हुने गरी उपलब्ध गराउने निर्णय गर्नुभएको थियो । सहरी मन्त्रालयको निर्णयपछि आयोगले कार्यालय सार्नका लागि आवश्यक व्यवस्थापकीय काम गर्न यही माघ १२ गते सदस्य एवं प्रवक्ता खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले तत्कालीन राहदानी विभागको भवनमा कार्यालय सार्नका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले महिलाको हक, हित र अधिकारलाई संरक्षण र सम्वद्र्धन गर्दै महिला सशक्तीकरण तथा महिलाविरुद्ध हुने सबै किसिमका भेद्भावलाई निर्मूल गरी लैङ्गिक न्याय सुनिश्चित गर्न सघाउ पु¥याउने उद्देश्यले २०५८ साल फागुन २३ गते महिला आयोगको स्थापना गर्ने निर्णय गरेको थियो । (रासस)

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८