आरोपित माथि कार्यवाही नगरेको भन्दै पीडित द्वारा प्रदर्शन
राकेश यादव ।
रौतहट । चक्कू प्रहार गरी हत्या गरेको आरोपित माथि प्रहरीले कार्यवाही नगरेको भन्दै पीडि़त परिवारले शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य गेट अगाडी धर्ना दिएर प्रदर्शन गरेका छन ।
स्थानीय राजदेवी नगरपालिका वड़ा नम्बर ६ राजदेवी निवासी मृतक राहुल कुमार साहका परिवार तथा समर्थकले आरोपित थप २ जना माथि मुद्दा चलाउनु पर्ने मांग राख्दै प्रदर्शन गरेको हो ।
गएको कार्तिक २४ गतेका दिन राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबामा संचालित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभकामना तथा सांस्कृतिक कार्यक्रम हेर्न गएका राहुल कुमार साहलाइ बिद्यालय प्रांगण भन्दा बाहिर पूर्व तर्फ रहेको शिव मन्दिर नजिक राजदेवी नगरपालिका ६ निवासी राहुल कुमार गुप्ता र अनीश कुमार गुप्ताले धारिलो चक्कू प्रहार गरेका थिए ।
छातीमा चक्कू प्रहार गर्ने राहुल गुप्तालाइ घाइते भएका राहुल साहले समातेर विद्यालयमा ल्याएका थिए भने अनीश कुमार गुप्ता फरार भएका थिए । चक्कू प्रहारबाट गंभीर रुपमा घाइते भएका राहुल साहलाइ उपचारको लागि बीरगंज लैजादा उपचारको क्रममा कार्तिक २७ गते बिहान मृत्यु भएको मृतकका पिता नागेन्द्र साह ले बताएका छन ।
घटनामा संलग्न भएका राहुल गुप्ता ,अनीश गुप्ता तथा योजनाकारको रुपमा मुकेश कुमार गुप्ता र विनोद भन्ने नरेश गुप्ता गरी ४ जना माथि कीटाणी जाहेरी दरखास्त दिएकोमा प्रहरीले २ जनालाइ छोडेर २ जना माथि मात्र मुद्दा चलाएको आरोप पीडि़त हरुको रहेको छ ।
घटना स्थलमाँ पक्राउ परेका राहुल गुप्ता रौतहट जिल्ला अदालतको आदेशमा अहिले पुरपक्षको लागि जिल्ला कारगर कार्यालयमा रहेको छ भने अर्का आरोपित अनीश गुप्ता फरार रहेको छ । मृतकका बुवा नागेन्द्र साहले छोराको हत्या गरेका अनीश गुप्तालाइ प्रहरीले अहिले सम्म पक्राउ किन गरेन भनी प्रहरी समक्ष प्रश्न गरेका छन । छोराको उपचार भैरहेको अस्पतालमा पुगेका आरोपित मुकेश गुप्ता र हत्याको योजना बनाउने नरेश गुप्ता माथि पनि कÞानूनी कार्यवाही हुनुपर्ने मांग गरेका छन ।
मृतकको आमा गिरिजा देवीले छोराको ह्त्या गर्ने माथि कÞानूनी कार्यवाही गर्नु पर्ने मांग गरेका छन ! छोराको शोकमाँ डूबेकी आमाले बाटोमा रुदै हत्यारालाइ प्रहरीले आर्थिक प्रलोभनमा परेर जोगाउन खोजेको आरोप लगाईंन । पढ्दै गरेको छोरालाइ योजना बनाएर नै हत्या गरिएको दावी उनको रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले पीडि़त परिवारलाइ भेटेर थप २ जना माथि अनुसन्धान गर्नको लागि माथिल्लो निकायबाट अनुमति लिने प्रयास गरिरहेको र अनुमति मिलने बित्तिकै कÞानूनी कार्यवाही गरिने आश्वासन दिएपछि प्रदर्शनमा आएकाहरु फर्केका छन ।









