सवारी दुर्घटनामा एकै गाउँको २ युवकको निधन

सवारी दुर्घटनामा एकै गाउँको २  युवकको निधन

पूजा पाठक , रौतहट १५ फाल्गुन
सर्लाही जिल्लामा भएको सवारी दुर्घटनामा रौतहट एकै गाउको दुइ जना युवकको भएको मृत्युले परिवारको साथै गाउ नै शोकमा डुबेको छ ! रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ६ माधोपुरको २ जना युवकको मृत्युले गाउमा शोकमय बातावरण सृजना भएको हो !
माधोपुरबाट सर्लाही जिल्लाको मुशैली र कौड़ेनाको बिचमा मोटर साइकलले स्कार्पियोमा ठोकिएर भएको दुर्घटनामा गंभीर रुपमा घाइते भएका माधोपुर निवासी रामकिशोर महतो नुनियाको २८ बर्षीय छोरा सियानन्द महतो र बिरेन्द्र महतोको २७ बर्षीय छोरा अजय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ !
भारतीय नम्बर एच आर ५९ ए ०१३१ नम्बरको स्कार्पियो र बी आर ०६ सी वाई ५०८६ बिच भएको दुर्घटनामाँ परी गंभीर रुपमा घाइते भएका दुवै जनाको उपचारको लागि बीरगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ! अत्यधिक रुपमा मदिरा सेवन गरी मोटर साइकल चलाएको कारन दुर्घटना भएको प्रहरीको प्रारंभिक अनुसन्धानबाट खुलेको बुझिएको छ !
एकै ठाउको २ जना युवकको भएको अल्पायु निधनले परिवारको साथै गाउमा शोकको बातावरण सृजना भएको छ ! सवारी साधन चलाउँदा सावधानी अपनाउन नसकेको कारन दिनहु सड़क दुर्घटना हुने गरेकोले मदिरा सेवन गरी सवारी साधन नचलाउन प्रहरीको सुझाव रहेको छ !

RELATED NEWSसबै