गरीव परिवारलाइ हिन्दू सम्राट नेपालले गरे खाद्यान्न सहयोग
पूजा पाठक १५ फाल्गुन
रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबा निवासी एक जना पीड़ित परिवारलाइ हिन्दू सम्राट नेपाल जिल्ला शाखा रौतहटले खाद्यान्न सामग्री सहयोग गरेका छन !
अण्डकोषको शैल्यक्रिया गराएका स्थानीय ३५ वर्षीय बैजू महतोको मृत्यु भएपछि पीड़ित परिवारलाइ श्राध्द गर्नका लागि हिन्दू सम्राट नेपालले खाद्यान्न सहयोग गरेको हो !
आर्थिक अवस्था ज्यादै कमजोर भएको महतोको परिवारलाइ हिन्दू सम्राट नेपालले ३ बोरा चामल ,५ किलो दाल , २ सय पेपर पलेट तथा २ सय पानी पिउने गिलास घरमा पुगेर पीड़ित परिवारलाइ सहयोग गरेको जिल्ला संयोजक राज भूषण श्रीवास्तबले जानकारी दिएका छन !
मृतक महतोको ५ जना छोरी र १ जना छोरा नबालक रहेको छ ! महतोको श्रीमती शांति देवीले लोग्नेको अल्पायुमा भएको निधनले परिवारको सहारा नै समाप्त भएको दुखेसो गरेकी छीन ! मृतक महतोको श्राद्धको लागि संतोष केसरीले २५ किलो चामल , ५ किलो दाल तथा २ लीटर खाने तेल र जीतेन्द्र भारतीले नगद २ हजार आफ्नो तरफ बाट सहयोग समेत गरेको पीड़ित शांति देवीले जानकारी दिएका छन ! सहयोग गर्ने प्रति पीड़ित परिवारले आभार समेत प्रकट गर्दै धन्यबाद ज्ञापन गरेका छन !









