रौतहटमा घरेलु हिंसा सम्वन्धी उजुरी दिनेमा महिलाको संख्या बढ़ी

रौतहटमा घरेलु हिंसा सम्वन्धी उजुरी दिनेमा महिलाको संख्या बढ़ी

पूजा पाठक
रौतहट जिल्लामा घरेलु हिंसाको घटनामा महिलाको उजुरी दिने संख्या बढेको छ ! परिवार भित्र गरिने महिला प्रतिको दुर्व्यवहार तथा हिंसाको बिरुद्ध आवाज उठाउने महिलाहरुको संख्या दिन प्रति दिन बढ्दो क्रममा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाको तथ्यांकले देखाएको छ !

चालु आर्थिक बर्षको श्रावण महीना देखि माघ महीना सम्म महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा घरेलु हिंसाको सम्वन्धी ५१६ उजुरी परेको सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक फूलमया गुरौले जानकारी दिएका छन ! श्रावणमा १११ , भाद्रमा ८७ ,आसोजमा ८७ ,कार्तिकमा ४४ ,मङ्सिरमा ७४ ,पुशमा ७० तथा माघ महीनामा ४३ गरी ५१६ वटा उजुरी परेको सेवा केन्द्रको तथ्यांक रहेको छ !

घरेलु हिंसा सम्वन्धी उजुरी दिनेमा महिलाको उजुरी ३९१ रहेको प्रहरी सहायक निरीक्षक गुरौले बताए ! कानूनको वारेमा जानकारी भएको कारन घरेलु हिंसाको विरुद्ध महिलाहरु सचेत भएको उहाको तर्क रहेको छ !

बालकको उजुरी संख्या १ , बालिकाको उजुरी संख्या ३ ,पुरुषको ७८ तथा जेष्ठ नागरिकले दिएको उजुरी संख्या पुरुष १२ र महिला ३१ रहेको छ ! सेवा केन्द्रमा परेको उजुरी मध्ये ३३६ मिलापत्र भएको छ भने १४ वटा कार्यवाहिको लागि रौतहट जिल्ला अदालतमा पठाइएको जानकारी दिदै प्रमुख गुरौले १४४ वटा उजुरी फरछौट गर्न बाकी रहेको र २२ जना निबेदक सम्पर्कमा नआएको बताए !

घर तथा परिवार भित्र महिला ,बालबालिका तथा जेष्ठ नागरिक माथि गरिने मानसिक ,शारीरिक ,आर्थिक यातनालाइ क़ानूनी रुपमा कसूर मानिएको हुदा यस्तो कार्य नगर्न समेत उहाले सुझाव दिएका छन !

RELATED NEWSसबै