होली मिलान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम संपन्न

होली मिलान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम संपन्न

पूजा पाठक ५ चैत्र
नेपाली कांग्रेस गौर नगरपालिका नगर कार्य समिति रौतहटकाको आयोजनामा सोमवार सदरमुकाम गौरमा होली मिलान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम संपन्न भएको छ ।

होली पर्वको अवसर पारेर नेपाली कांग्रेस नगर कार्य समितिले गौरमा आयोजना गरेको होली मिलान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दैनगर सभापति मोहन यादवले गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले जनताको भावना विपरीत एकलौटी रुपमा कार्य गरिरहेको बताएका छन ।

गौर नगर प्रमुख प्रत्यासी समेत रहेका यादवले नेपाली कांग्रेसको तरफ बाट निर्वाचित भएका जनप्रतिनिधिले ल्याएको योजना कार्यान्वयनमा नगर प्रमुख साहले अवरोध पुर्याएर विकास निर्माणको कार्य प्रभावित गर्न खोजेको आरोप लगाए ।

रौतहट निर्वाचन क्षेत्र नंबर १ को प्रदेश सभा क बाट निर्वाचित प्रदेश सांसद नागेन्द्र साहले चालू आर्थिक बर्षमा गौर नगरपालिकाको वड़ामा ल्याएको योजनाको सिफारिश ,उपभोक्ता समिति गठन नगर्न वड़ा नम्बर २ का वड़ा अध्यक्षलाइ ठाडो आदेश दिएको उदहारण दिदै नेपाली कांग्रेसले जनताको लागि ल्याएको विकास निर्माणको कार्य अबरोध गरेर विकासका कार्य प्रभावित गर्न लागेको बताए ।

गौर नगरपालिका वड़ा नम्बर ५ माँ रहेको बारहवा तालको पानी निकास हुने गरी दक्षिण तरफमा नगर पालिकाले निर्माण गराएको पक्की पुलको औचित्य कुनै नरहेको जिकिर गरे । पानी निकासको लागि लचका उपयोग रहेको स्थानमाँ सानो पुल निर्माणले पानीको निकास थुनिनुको साथ उतर तरफ रहेको जग्गा डुवानमा पर्ने भएकोले पुलको नाउमाँ बजेटको दुरूपयोग भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा क का प्रदेश सभापति अवध किशोर साहले गौर नगरपालिकाका नगर प्रमुख को कार्य संतोषजनक नभएको टिपण्णी गरे । नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिले ल्याएको योजनालाइ कार्यान्वयन नगर्ने आदेश दिएर विबाद निम्त्याउने कार्य गरेको बताए । उहाले प्रदेश सरकारको योजनामा रोक लगाउने कार्य नगर्न आग्रह समेत गरे ।

प्रदेश सांसद साहले गौर नगरपालिका ,राजदेवी नगरपालिका र यमुनामाई गाउपालिकाका ३ वटा वड़ा गरी २१ वटा वड़ाको लागि १०८ वटा योजना प्रदेश सरकारको रेड बुकमा राखेका छन । गौर बाहेक अन्य नगरपालिकाको वड़ामा स्थानीय सरकारको समन्वयमा योजना संचालकको कार्य अगाडी बढिरहेको प्रदेश सभा सभापति साहले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रत्यासी डाक्टर सरफराज तैयव , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा र बरिष्ठ पत्रकार प्रभात कुमार झाले होली पर्व ख़ुशीको पर्व रहेकोले नाशा मुक्त रुपमा सदभाव सहित मनाउनु पर्ने सुझाव दिएका छन ।

RELATED NEWSसबै