रौतहटमा संगठन सुदृढीकरण तथा भुमी अधिकरको ७ दिने पैदल यात्रा

रौतहटमा संगठन सुदृढीकरण तथा भुमी अधिकरको ७ दिने पैदल यात्रा

रन्धिर साह । संगठन सुदृढीकरण तथा भुमी अधिकर मञ्चले ७ दिने पैदल यात्रा जारी गरेको छ । वितेको चैत्र २२ गतेदेखि ६ वटा नगरपालिकाहरुमा सबैलाई अधिकार सम्बन्धित जानकारी गराउने उदेश्यले कार्यक्रम संचालित गरिएको जिल्ला भुमि अधिकार मञ्च भुमि अधिकार कर्मी अनुप माझीले बताए । उनका अनुसार विगत ६३ वर्षदेखि महिला अधिकार, सुखम्वासी, भुमी अधिकार, लालपुर्जा अधिकार सम्बन्धिको अधिकारमा संगठनले जनचेतना गराउने र नियमहरुलाइ कार्यवन्य गराउन संस्थाले काम गर्दै आएको बताए ।

रौतहटको चन्द्रपुर नगरपालिका, गुजारा नगरपालिका, वृन्दावन नगरपालिका, फतुवाविजयपुर नगरपालिका, कटहरिया नगरपालिका र देवाही गोनाही नगरपालिकामा संगठनले सुदृढीकरण तथा भुमी अधिकरको ७ दिने पैदल यत्रा निकालेको मधेस प्रदेश भुमि अधिकार मञ्चको सचिव माझीले बताए ।

चैत्र २२ गतेदेखि आजसम्म संगठनले वृन्दावन नगरपालिका, कटहरिया नगरपालिकामा कार्यक्रम सम्पन्न भइ सकेको र गुजारा नगरपालिका वडा नम्बर २ कटानिमा, चन्द्रपुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा आजै कार्यक्रम हुने उनले बताए ।

भुमि सम्बन्धि २०२१ को संसोधन गरि भुमि संगठनको गठन गरि नियम, कानुन, संविधान बारे प्रत्येक संगठनमा गएर छलफल गर्ने उदेश्यका साथ ७ दिनका लागि सो संगठनले पैदल यात्रा निकालेको जिल्ला भुमि अधिकार मञ्च भुमि अधिकार कर्मी माझीले बताए । उनले संगठनको बारेमा परिचय तथा छलफल र सहजीकरण गर्ने बताए । सो कार्यक्रममा संगठनहरुको नियमित बैठक, आन्दोलन कोष संकलन गर्ने,
सदस्य बितरन, सदस्यता नवीकरण तथा संगठनको सदस्यहरुको सवालमा छलफल गर्ने भुमि अधिकार बारे समुदयलाई जानकारी गराउने राष्ट्रिय भुमी आयोगले गरेको कामको बारेमा बुझाउने यात्रा रहेको माझीको भनाइ रहेको छ । आयोगको कार्य विधि बारे संगठन मा छलफल गर्ने र पैदल यात्रा बृन्दावन, गुजरा, कटहरिया, फतुवा बिजयपुर, चन्द्रपुर र देवाही गोनाही नगरपालिकाहरुमा पैदल यात्रा चैत २७ गतेसम्म गर्ने उनले बताए ।

संगठन सुदृढीकरण तथा भुमी अधिकर कर्मीहरुले १२ जनाको सक्रियतामा ७ दिनको लागि पैदल यात्रा जारी गरेको उनले बताए ।

RELATED NEWSसबै