मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, रौतहटको जितेन्द्र भन्ने सुनिल यादव बन्ने अर्थ मन्त्री

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, रौतहटको जितेन्द्र भन्ने सुनिल यादव बन्ने अर्थ मन्त्री

जनकपुरधाम, ३ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । विस्तारीत मन्त्रीपरिषदमामा रौतहट ३ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य जितेन्द्र भन्ने सुनिल कुमार यादव अर्थमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

मुख्यमन्त्री सिंहको सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम शुक्रबार मन्त्रीपरिषदको पुनगठन गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले बिहिबार नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गर्नुभएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त हुनुभएको छ । यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हाल्नु भएको थियो । उहाँलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । शुक्रबार नै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

नवनियुक्त मन्त्रीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

बिहिबार विस्तारित तथा पुनगठित मन्त्रीपरिषदमा १५ जना मन्त्रीहरु रहेका छन् । जसमा सतिश कुमार सिंह मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्रालय, राज कुमार लेखि गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुनिल कुमार यादव अर्थ मन्त्रालय, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्रालय, त्रिभुवन साह वन तथा वातावरण मन्त्रालय, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, सकिल अलि मियाँ उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, कौशल किशोर राय श्रम तथा यातायात मन्त्रालय, केशव राय राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शारदा देवी थापा राज्यमन्त्री शिक्षा तथा संस्कृति मन्त्रालय र रन्जु कुमारी मण्डल राज्य मन्त्री वन तथा वातावरण मन्त्रालयको मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।