अविरल वर्षा तगा बाढी डुबानका कारण रौतहटमा १८१० घरधुरी विस्थापित

अविरल वर्षा तगा बाढी डुबानका कारण रौतहटमा १८१० घरधुरी विस्थापित

रौतहट । जिल्ला प्रशासन कार्यालय गौर रौतहटद्वारा सोमबार साझ प्रकाशित विपद बुलेटिनका अनुसार अविरल बर्षा तथा बाढी डुबानका कारणले रौतहट जिल्ला भरिमा १८१० घरधुरीका ५५९५ जना व्यक्ति विस्थापित भएका छन् । जसमध्ये ९०४ घरधुरीका २७१२ जना घर फर्किसकेका छने भने बाँकी ९०६ घरधुरीका २८८३ जना अहिले पनि विस्थापित रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा प्रकाशित गरिएको विपद बुलेटिनका अनुसार अविरल बर्षा तथा बाढी डुबानका कारण रौतहट जिल्लामा २ जना व्यक्तिको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् र १२३ जनालाई उद्धार गरिएको छ ।
पशु चौपाया तर्फ १ पशुको मृत्यू भएको छ भने ७ वटा वेपता भएको छ र ३ वटा पशुलाई उद्धार गरिएको छ ।
बर्षा तथा बाढीले जिल्ला भरिमा १८१ घरमा क्षति पुगेको छ । जसमा ४५ घर पुर्ण रुपमा र १३० घर आंशिक रुपमा क्षति भएको छ र ६ वटा गोठ पुर्ण रुपमा क्षति भएको छ ।
कृषि÷बालीनाली तर्फ इशनाथ न.पा मा १६१० विगाहा, बौधीमाई न.पा.मा ३५० विगाहा, यमूनामाई गा.पा.मा १४२०।२५ हेक्टर र कटहरीया न.पा.मा ३५ विगाहा कृषिबालीमा क्षती पुगेको छ भने अन्य स्थानिय तहबाट विवरण आउन बाँकी रहेको विपद बुलेटिनमा जनाइएको छ ।
अविरल बर्षा तथा बाढीले गर्दा जिल्ला भरिमा रु. २०१००००।— को क्षति भएको र थप विवरण आउन बाँकी रहेका बुलेटिनमा उल्लेख गरिएको छ ।
अविरल बर्षा तथा बाढीका कारणले बागमतीमा ९ स्थानमा र लालबकैयामा ६ स्थानमा बाँध फुटेको छ ।
अविरल बर्षा तथा बाढी डुबानबाट प्रभावित ७५० घरधुरीलाई दुर्गा भगवती गा.पा.ले आफ्नो गा.पा. भित्रका मत्सरी, छतौना र पञ्चरुखीमा राहत वितरण गरेको छ भने सोही गा.पा.का बडहर्वामा अक्सफाम÷आर डि सी नेपालले ५० घरधुरीलाई राहत वितरण गरेको छ । कारागार कार्यालय गौरले कारागार भित्र रहेका ३२४जना कैदिबन्दीलाई राहत वितरण गरेको छ ।

RELATED NEWSसबै