सरोकारबालाहरुको बैठक संपन्न

सरोकारबालाहरुको बैठक संपन्न

सरोकारबालाहरुको बैठक

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आयोजना तथा यूएनएफ़पीए को सहयोगमा संचालित ससक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सरोकारबालाहरुको बैठक आइतवार जिल्ला प्रशासन कार्यालय रौतहट गौरको सभाहलमा संपन्न भएको छ ।

महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा , शोषण ,लैंगिक हिंसा ,घरेलु हिंसा , मानसिक तथा शाररिक यातनाको घटनालाइ न्यूनीकरण कसरी गर्ने भने विषयमा छलफल गर्नको लागि बैठकको आयोजना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरे प्रादेशिक अस्पताल गौरका प्रतिनिधि , महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधि , अभियान नेपालका प्रतिनिधि , ग्रामीण विकास केन्द्र नेपालका प्रतिनिधि ,महिला अधिकारकर्मी र संचारकर्मीहरुले समाजमा बढ्दै गएको महिला तथा बालबालिका प्रतिको हिंसा ,बिभेद अन्त्य गर्नको लागि निर्वाचित जनप्रतिनिधि , राजनितिक दलका प्रतिनिधि तथा सामाजिक अभियंता लगायतका सरोकारवालाहरुको भूमिका अपरिहार्य रहेको जोड़ दिएका छन ।

सम्वन्धित सरोवरबालाहरुले अभियानको रुपमा हिंसा र लैंगिक विभेद विरुद्ध सचेतना फैलाएमा यस्ता विसंगति विकृति छिटै नै न्यूनीकरण हुनेमा सहभागीहरुले विस्वास व्यक्त गरेका मनोविमर्श कर्ता नीलू झाले जानकारी दिएका छन ।

RELATED NEWSसबै