गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

मंसिर २३ गते सार्वजनिक बिदा

जनकपुरधाम, १८ मंसिर ।
बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिँहले प्रति लाखौँको सँख्यामा श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनmे गरी बिदा घोषणा गरिएको बताए ।