राजदेवी नपा ५ मा आगलागी हुदा ८ घर जलेर नस्ट नगरपालिका बाट तत्काल राहतको व्यवस्था
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतवार राती आगलागी
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतवार राती आगलागी हुदा ८ जनाको घर जलेर नस्ट भएको छ। राती करिब १२ बजेर ४५ मिनेटको समयमा आगलागी हुदा पासवान समुदायको ८ परिवारको फुसको घर जलेको हो।
आगलागीमा सबै भन्दा बढी क्षति स्थानीय बाबुलाल पासवानको भएको हो। पिडितका अनुसार जग्गा खरिद गर्नको लागि घरमा राखेको १७ लाख नगद जलेको हो। सुतिरहेको बेला आगलागी भएकोले घरमा रहेको समान निकाल्न नसकेको उहाको भनाइ रहेको छ। सुतिरहेको व्यक्ति ज्यान जोगाउन सफल भएपनि घरमा रहेको खाध्यान्न सामाग्री पूर्ण रुपमा जलेर नस्ट भएको छ।
आगलागी कसरि भयो भने जानकारी नभएको बताउदै उनले आगो लागेपछि थाह भएको जनाए। आगलागी बाट स्थानीय राम नाथ पासवान, जगरनाथ पासवान, सोगारथ पासवान, प्रदिप पासवान, दिपेन्द्र पासवान, कान्ति देवी र नागेन्द्र पासवानको घर जलेको वडा अध्यक्ष सुरेश पंडितले बताएका छन्।
घरमा भएको गेहू, धान, चामल, बिधुतिय सामाग्री, भाडा वर्तन, लता कपडा नस्ट भएको पिडितहरूले बताएका छन्। गौर नगरपालिका बाट गएको बारुण यन्त्रको सहयोगबाट आगो नियन्त्रणमा लिएको स्थानीयहरुले बताए।
घटनाको जानकारी भए लगतै नगर प्रमुख भिखारी प्रसाद यादव घटना स्थलमा पुगेर पिडितहरुलाई तत्काल बस्ने र खाने व्यवस्था गराउन वडा अध्यक्षलाइ निर्देशन दिएका छन्। नगर पालिका बाट तत्काल राहतको व्यवस्था गरेकाे िथयाे ।








