जनकपुरधाममा विष्हरस्थान मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न

जनकपुरधाममा विष्हरस्थान मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न

जनकपुरधाम, धनुषा | १७ जेष्ठ

धनुषाको जनकनन्दिनी गाउँपालिका–३ स्थित ऐतिहासिक विष्हरस्थान मन्दिर परिसरमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय खजुरीका प्रमुख प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको नेतृत्वमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल बीओपी खजुरी धनुषाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खनालको नेतृत्वमा थप ९ जना गरी १८ जनाको संयुक्त टोलीले मन्दिर परिसरमा सफाइ गरेको हो।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने विष्हरस्थान मन्दिरको वातावरण सफा र स्वच्छ बनाउन अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक नेम्वाङले जानकारी दिए। उनले यस किसिमको अभियानले स्थानीयमा सरसफाइप्रतिको चेतना बढाउने विश्वाससमेत व्यक्त गरे।

अभियानमा संलग्न प्रहरीहरूले मन्दिर परिसरको खुला स्थान, बाटो तथा वरपर जम्मा भएका फोहर संकलन गरी व्यवस्थापन गरेका थिए।

यस प्रकारका सरसफाइ कार्यक्रमले धार्मिक स्थलहरूको संरक्षण र समुदायमा स्वच्छता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८