गर्भपतन गराउन नमान्दा कुटपिट गरि घरबाट निकालियो

गर्भपतन गराउन नमान्दा कुटपिट गरि घरबाट निकालियो

राकेश यादव !
रौतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाइ कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।
प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका ७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जादा कुटपिट गरि घरमा प्रवेश गर्नबाट निषेध गर्दा पिडितले उजुरी दिए पछि घटना बाहिरिएको हो ।
२०७७ सालमा स्थानीय आलोक पटेल संग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवीले तेस्रो पटक गर्भबती भएपछी लोग्नेले गर्भपतन गरे मात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जादा कुटपिट गरेको पिडित महिलाले सुनाए । सन्चारकर्मी संग कुरा गर्दै पिडितले दुइ पटक गर्भपतन गरिएको र तेस्रो पटक २ महिनाको गर्भ रहेको जानकारी गराउदै कानुनी रुपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान लोग्नेको रहेको बताए ।
गएको शुक्रवार घरमा जादा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामुहिक रुपमा कुटपिट गरेको भिडियो आफु संग रहेको समेत दावी गरेकी छिन ।
प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले म संग पटक पटक गरि १५ लाख रुपैया बैग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लिएको दावी गरे । उनले भने अरु संग ऋण लिएर सो रकम दिएको छु, थप रकम माग गर्दा दिन नसक्ने तथा लिएको ऋण तिर्नु पर्ने भन्दा लोग्नेले छोडेर अर्को बिहे गर्न लागेको उल्लेख गरे ।
पिडित महिलाले आफु प्रति अन्याय गर्नेलाइ कानुनी कार्यवाही हुनु पर्ने माग समेत गरेको छ । पीडक माथि कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पिडितले बताएको छ ।

RELATED NEWSसबै