साहुको ज्यादतीको कारण, घरबार बिहीन भई भईन मिटरब्याज पिडित
आरएन पटेल !
रौतहट । गुजरा नगरपालिका वडा नं. २ कटानीका मिटर ब्याज पीडि़त पचिया देवी २ लाख कर्जाको कारण घरबार बिहीन बनेकी हुन । गुजरा नगरपालिकाको कनकपुर बस्ने साहू रमेश साह कलवारले २ लाख रुपैया कर्जा दिएर घर सहितको दुई किता घडेरी रजिट्रेशन गराएर जग्गा कब्जा गरेको पिडित पचिया देवीले आरोप लगाएकी छिन ।
आज भन्दा करिब ७/८ वर्ष पहिला पीडि़त पचिया देवीको श्रीमानले साहू रमेश साह कलवारसंग पटक पटक गरेर जम्मा २ लाख रूपैया कर्जा लिएको वापत घर सहितको दुई किता घडेरी रजिस्ट्रेशन गरेका थिए । साहूले मूलधन २ लाख रूपैयाको ब्याजको ब्याज, ब्याजको स्याज गरेर करिब १६÷१८ लाख रूपैया हिसाब पुर्याई घर सहितको जग्गा कब्जा गरेको हुदा पीडि़त पचिया देवी दुई छोरा बुहारी सहित नाती नातिनि सँगै घरबार बिहीन भई भाड़ामा बस्नु परेको बताइन ।
जिल्लामा जारी रहेको अनुचित लेनदेन मिटरब्याज सम्बन्धी उजुरी दिदा जिल्ला प्रशासन कार्यालय रौतहटले नजिकको प्रहरी चौकी रँगपुरलाई पत्र काटी आवश्यक कार्यवाही अगाडी बढाउन आदेश दिएका थिए । छलफलका लागि तोकिएको समय माघ २० गते शनिबारका दिन पिडित पचिया देवी सहित साहू रमेश साह कलवार र गुजरा नपा वडा नं. १ का वडा अध्यक्ष रामजीत चौधरी लगायत प्रहरी प्रशासन तथा समाजका भद्रभलादमीको रोहबरमा छलफल गराई निज पिडित पचिया देवीलाई साहू रमेश साह कलवारले १२ लाख ५ हजार रूपैया दिएर मिटरब्याज सम्बन्धी दिइएको मुद्दा मेलमिलाप गर्ने बारे सर्वसहमति भएको थियो । मिलापत्रको सबै प्रक्रिया अगाडी बढाउदै प्रहरी, वडाअध्यक्ष र निर्णयमा पुगेका टोलीद्वारा मिलापत्रको कागजात लेखीलेखाई दुबै पक्षबाट सहिछाप समेत गराएका थिए । कुरा भएको १२ लाख ५ हजार रूपैया तत्काल आफुसंग नभएकोले चैत्र मसान्त भित्र दिने वाचा गर्दै आफुले त्यस रकम वापतको दुईवटा चेक बनाई दिने साहू रमेश साहले प्रतिवद्धता गरेका थिए । पिडितले उक्त चेक त्यति दिनसम्मको लागि वडा अध्यक्षको निगरानी राख्ने सहमति गरेपछि वडाअध्यक्ष सहित ५ जना निर्णायक टोली चेक लिन साहुको घरमा पुग्दा साहू रमेश साहको श्रीमती लगायत सम्पूर्ण परिवारले उक्त टोलीलाई गाली बेईज्जती गर्दै फर्काएका थिए ।
निर्णयमा उपस्थित रहेका वडा अध्यक्ष रामजीत चौधरी संग उक्त विषयमा सोध्दा – “हिजो प्रहरी चौकिमा मिटर ब्याज सम्बन्धी छलफलमा पिडक र पिडित दुबै पक्षबाट भएको निर्णय सराहनीय निर्णय हो । तर एउटा मानवले न्याय नबुझ्ने न्याय निम्तयाएर न्यायलाई हत्या गर्न खोज्ने ।भन्छ जहा धन बोल्छ त्याहा सत्य मौन हुन्छ प्रशासनको प्रांगणमा असई र जनप्रतिनिधिहरू तमाम मिटर ब्याजी अब पिडितहरूको पक्षमा बोल्दिने न्यायक समिती रौतहट जिल्लाको गुजरा नगरपालिकाको त्यो समेतले गरेको निर्णय साहुले एक मिनेटमा बदलदिनु त्यो एउटा घिन लाग्दो कुरा भएको बताउनु भयो । अनि प्रहरी प्रसाशन पनि अलिकति सुस्त ढिलो हिसाबले न्याय दिन देखियो किनभने प्रहरी सामु भएको निर्णयमा पछाडि बाट नमान्ने साहूलाई भने हिजै पता फर्काएर बाँधेर ल्याई उचित न्याय गरिनु पर्दथ्यो । पिडित न्याय नपाएर मरला जस्तो छ तर पिडक साहुले न्यायलाई अहिले नै मारदिउ कि त्यसतो सोच राखेकोले त्यस्तो देशद्रोहीलाई तत्काल प्रकाउ गरि कडा कार्वाही गर्नु पर्ने अवस्था रहेको वडा अध्यक्ष चौधरीले बताए।“
साहूले गरीब निमुखालाई घरवार बिहीन बनाएको तथा पीडितलाई थप पीड़ा दिएको कारण जिल्लामा जारी रहेको अनुचित लेनदेन मिटरब्याज संघर्ष समितिका सदस्यहरुले उक्त कब्जा गरेको घरमा तालाबन्दी गर्न कटानी पिडितको निवास स्थानमा पुगेका थिए ।
अवस्था तनावग्रस्त हुदा प्रहरीले दुबै पक्षसंग कुरा गरि माघ २३ गते मंगलवार इलाका प्रहरी कार्यालय चन्द्रपुरमा दुबै पक्षलाई बोलाई सहमति गराउने आश्वासन दिएपछि संघर्ष समितिले सहमति गरेका थिए । त्यस विषयमा साहू रमेश साह कलवार संग सोध्दा आफुले १८ लाखमा उक्त जग्गा किनेको तथा हिजो भएको छलफलमा आफुलाई केहि थाहा नभई झुक्यार सहमति गराई सहिछाप गराएको बताएका छन ।









