बालविवाह न्यूनीकरणका लागि सहकार्य तथा छलफल कार्यक्रम सम्पन्न

बालविवाह न्यूनीकरणका लागि सहकार्य तथा छलफल कार्यक्रम सम्पन्न

रूपेश यादव !
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाको सभाहलमा विश्व अन्र्तधार्मिक सद्भाव सप्ताहको अवसरमा अन्तरधार्मिक अगुवा र स्थानीय सरोकारवाला बिच धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै बालविवाह न्यूनीकरणका लागि सहकार्य तथा छलफल कार्यक्रम निरन नेपाल रौतहट जिल्ला अध्यक्ष मोहम्मद अनिसुर रहमानको अध्यक्षतामा बिहिबा। सम्पन्न भएको थियो । निरन नेपालको आयोजना तथा वर्ल्ड भिजन नेपालको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न धर्मका धार्मिक अगुवा तथा पण्डित , मौलबी ,पास्टर लगायत बुद्धिस्ट धर्मका धार्मिक अगुवाहरुको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या प्रसाद यादव ,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, परोहा नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष ,गौर नगरपालिकाका नगर प्रमुख लगायत विभिन्न पालिकाका प्रमुखहरूको र राष्ट्रिय अन्तर्धार्मिक सञ्जालमा आबद्ध विभिन्न धर्म गुरुहरूको साथै पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न धर्मका धार्मिक अगुवाहरुले हाम्रो समाजमा विद्यमान रूपमा रहेका विभिन्न कुरीति र विकृतिहरूको न्यूनीकरणबारे प्रष्ट पारेका थिए । यो संस्थाले हाम्रो समाजमा विद्यमान रूपमा रहेको विकृति जस्तै , दाइजो प्रथा उन्मूलन,बाल विवाह , महिला हिँसा, बाल शोषण,छुवाछुत ,बोक्सि प्रथा ,बहु विवाह लगायत जस्ता कुरितीहरु लाई हामी सबै मिली यसको न्यूनीकरण गर्ने तर्फ लाग्नु पर्छ भनी प्रतिबद्धता जनाएका थिए । जब सम्म पानीका थोपा थोपा मिलेर समुन्द्र बन्छ ,त्यस्तै हामी सबै समाजमा रहेका अगुवाहरू लगायत स्थानीय सरकारको सहयोगमा यस बारे अभियान चलायौं भने एकदिन यो समस्या समाधान हुने पक्का रहेको देखिन्छ भने धारणा राखेका थिए । हाम्रो समाजमा जब सम्म अहिलेका र भविष्यका कर्णधार हाम्रा बालबालिकालाई शिक्षा हासिल गराउँदैनौं तब सम्म यो समस्या केही हद सम्म रहने जिकिर गरेका थिए । त्यसैले हामी आफ्ना सन्तानहरुलाई शिक्षाबाट वञ्चित नगर्न निरन नेपाल रौतहट जिल्लाको अध्यक्ष रहमानले आग्रह गरेका थिए । यो हाम्रो सानो प्रयासले र तपाईहरुको साथ सहयोगले केही प्रतिशत निश्चित रूपमा कम हुँदै गएको हो भनी खुशी व्यक्त गरेका थिए । त्यसैले हामी सबै अझै राम्रो गरेर समाजलाई उज्यालो तर्फ अगाडि बढाउन आग्रह गरेका थिए । साथै कार्यक्रमको शुरुमा स्वागत मन्तव्य पास्टर दीपक श्रेष्ठ व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको उद्घोषण किरण देवी पासवानले गरेकी थिइन् ।

RELATED NEWSसबै