वीरगन्जबाट लागूऔषधसहित चार जना पक्राउ
वीरगन्ज – प्रहरीले वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । वीरगन्जका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकमा रहेको सडकबाट इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय अमित गुरुङ र २४ वर्षीय सुनिता विकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । भारतबाट शंकास्पद अवस्थामा नेपाल आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ का निवासी एक ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्
त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं १५ स्थित सडकमा बा.९५ पी २३०३ नम्बरको स्कुटरलाई प्रहरीले रोक्दा खैरो हिरोइनसहित दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको थापाले बताए । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–५ का २४ वर्षीय सेजल श्रेष्ठ र पर्सा जिरवानी गाउँपालिका–२ का १९ वर्षीय विजय साह रहेका छन् ।
उनीहरुको साथबाट १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । लागुऔषध मुद्दामा खैरो हेरोइनसहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।









