रौतहटमा बिधुतको दुइ वटा ट्रान्सफर्मर चोरी
पुजा पाठक,
रौतहट जिल्लाको दुइ ठाउँबाट बिधुतको ट्रान्सफर चोरी भएको छ।
जिल्लाको परोहा नगरपालिका वडा नम्बर 8 मोतिपुरमा जडान गरिएको बिधुतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समुहले चोरी गरेको हो। बिधुत प्रबाह गर्नको लागि लगाईएको सो ट्रान्सफर्मर भित्र रहेको महत्वपूर्ण सामग्री खोलेर लागेको अवस्थामा खोको भेटिएको हो।
स्थानीयको अनुसार बिहान हेर्दा ट्रान्सफर्मर भित्र भएको बिधुतको तेल र तामा निकालिएको अवस्थामा भेटिएको हो। ट्रान्सफर्मर चोरी भएपछी सो वडाको बिधुतिय सेवा अबरुद्ध समेत भएको छ।
त्यस्तै जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० बाल्चनपुरमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।
५० केभी पावरको ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताएका छन् ।
सोमबार साँझसम्म सही सलामत रहेको ट्रान्सफर्मर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र देखिएको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए।
ट्रान्सफर्मर भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
पछिलो समय जिल्लामा चोरीको घटनामा वृद्धि भएको छ। मोटरसाइकलको चोरी पनि बढेको छ। पर्ब नजिक्दै जादा चोरीको घटना बढेको पाइएको हो। ठाउँ ठाउमा प्रहरीको गस्ती परिचालन भएपनि चोरीको घटनामा वृद्धि हुनु सुरक्षा व्यबस्था कमजोर भएको स्थानीय हरुको भनाई रहेको छ।









