होलीको लागि सजाईए पसलहरू, बजारमा चहल पहल बढे
पुजा पाठक,
हिन्दुहरूको पर्ब फागु पुर्णिमा होलीको अवसरमा बजारमा चहल पहल बढेको छ। असत्य र अहंकारको पराजित र सत्य एवम् विश्वासको जितको अवसरमामा रंग अबिरले एक अर्कालाइ रङ्ग्दै मनाउने होली पर्ब निकै नै उत्साह पूर्ण रहेको छ।
पर्बको अवसरमा बजारमा चहल पहल बढ्नुको साथै पसलहरू रंगी चंगी देखिएको छ। होलीमा लगाउने सेतो रंगको लुगा, बिभिन्न कलरको टोपी, पिचकारीले पसलहरू सजाईएको छ। होलीको लागि खरिदारी गर्ने उपभोक्ताहरू लुगा कपडा, रंग, गुलाल, खानेकुरा जोहो गर्नमा व्यस्त देखिएको छ। होलीको लिएर बजारमा उपभोक्ता चहल पहल बढे पनि व्यापार उत्साह पूर्ण नरहेको व्यापारी हरुको भनाइ रहेको छ। सिमा क्षेत्र भारतीय बजार बैरगंनियामा बढी भिड रहे पनि नेपाली बजार गौरमा खासै भिड नदेखिएको रेडिमेड पसलका संचालक रंजित गुप्ताले बताए। नेपालमा आर्थिक मन्दीको कारण बजारमा व्यापारीहरुको समस्या भएको रौतहट उधोग बाणिज्य संघका अध्यक्ष पंडित जैसवालको भनाइ रहेको छ। व्यापार घाटा हुदै गएको अवस्थामा बैंकको ऋण तिर्ने चिन्ताले व्यापारीहरुलाई सताई रहेको अवस्था रहेको छ।









