रौतहट प्रहरीले गरे कार्य प्रगति बिबरण सार्वजनिक १ वर्षमा १४२२ जना पक्राउ
राकेश यादव
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८०÷०८१ को कार्य प्रगति बिबरण सार्वजानिक गरेको छ । १ वर्षमा जिल्ला प्रहरी कार्यालयले गरेको कार्य ,प्राप्त उपलब्धिको विबरण सार्वजानिक गरेको हो ।
प्रहरीले सार्वजानिक गरेको प्रगति विवरणमा १ बर्षमा १०७७ वटा अपराध दर्ता भएकोमा ६५२ वटा फरछौट भएको र ७१५ जना पक्राउ परेको उल्लेख गरिएको छ । गएको साउन महीना देखि आषाढ़ महीना सम्ममा कर्तव्य ज्यान सम्वन्धी कसूर दर्ता १७ ,फरछौट ११ र मानिस पक्राउ १६ , महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको कसूरमा मुद्दा दर्ता ९५ र फरछौट ६७ वटा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जारी गरेको प्रगति विबरणमा लेखिएको छ ।
आत्म हत्या सम्वन्धी कसूरमा १९१ वटा मुद्दा दर्ता भएको छ । लागू औषध सम्वन्धी कसूरमा मुद्दा दर्ता ३३ ,फरछौट भएको २९ र पक्राउ परेको ४८ , फैसला कार्यन्वयनको क्रममा ६८८ जना पक्राउ परेको र जरिवाना ३८ लाख ४८ हजार ७७८ तथा कैद १०७ बर्ष ५ महीना २१ दिन असुल भएको छ ।
स्रोत नखुलेको रकम ३० लाख ६५ हजार ७७८ रुपैया सहित ६ जना पक्राउ परेको भने जाली नोट १८ लाख ७० हजार नेपाली र ४ सय भारतीय रुपैया बरामद भएको र ११ जना मानिस पक्राउ भएको कार्य प्रगति विबरणमा उल्लेख गरिएको छ ।
भन्सार छली तस्करी नियन्त्रण गर्ने क्रममा ४ करोड़ ९१ लाख ९३ हजार ४५६ रुपिया राजश्व असुली , ४४ जना पक्राउ , ११६ वटा मोटर साइकल , ४ बोलेरो , २ ट्रक ,१ वटा टेम्पू , १ वटा कार , १ वटा स्कूटर , र साइकल २९ गरी १४१ वटा सवारी साधन नियन्त्रणमा लिइएको , प्राकृतिक स्रोत साधन अपचलन नियन्त्रण गर्ने क्रममा १० वटा सवारी साधन पक्राउ गरी ४६ हजार ५ सय रूपया जरिवाना असुली र ६ जना मानिस पक्राउ परेको प्रगति बिबरणमा उल्लेख रहेको छ ।
ट्राफिक व्यवस्थापनमा २ करोड़ ६० हजार २५० रुपैया राजश्व संकलन भएको छ भने ६७३ वटा सवारी दुर्घटना हुदा ६३ जनाको मृत्यु र १०६५ जना घाइते भएको छ ! ११ वटा हात हथियार सहित ८ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









