प्रहरी कार्यालय परिसर भित्र सुर्तीजन्य पदार्थ सेवन गरे कार्यवाही गर्ने प्रहरीको चेतावनी

प्रहरी कार्यालय परिसर भित्र सुर्तीजन्य पदार्थ सेवन गरे कार्यवाही गर्ने प्रहरीको चेतावनी

राकेश यादव ।
जिल्ला प्रहरी कार्यालय रौतहटले कार्यालय भित्र धूम्रपान गर्नेलाइ क़ानूनी कार्यवाही गर्ने भएको छ ! सरकारी कार्यालय सार्वजनिक स्थलमा धूम्रपान ,सुर्तीजन्य पदार्थको सेवन गरेमा कार्यवाही गर्ने चेतावनी समेत दिएका छन ।

सरकारी कार्यालय तथा सार्बजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ खैनी ,गुटखा ,पान ,चुरोट सेवन गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियंत्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम कार्यवाही गर्ने सुचना जारी गरिएकोमा कार्यालय भित्र सुचनाको अवज्ञा गर्ने सेवाग्राहीहरुलाई १०० रुपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन ।

कार्यालय भित्र साफा सूघर राख्नु पर्नेमा सुर्तीजन्य पदार्थ सेवन गरेर फोहर फैलाउने कार्य हुने गरेकोले नियंत्रणको लागि कार्यालय परिसर तथा सार्वजानिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनमा कड़ाई गरिएको प्रहरी नायव उपरीक्षक गिरीको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आउदा सुर्तीजन्य पदार्थ पान पराग ,गुटखा ,चुरोट ,खैनीको बट्टा फेला परे कार्यवाही गरिने प्रहरीले जनाएको छ ! सार्वजानिक स्थल तथा सरकारी कार्यालय परिसर भित्र सुर्तीजन्य पदार्थ सेवन गर्ने जथाभावी थूकने ,खैनी गुटखा पान परागका प्याकेट यत्रतत्र फाल्ने लगायतका कार्य गर्नेलाइ कानून बमोजिम कार्यवाही गरिने भएकोले त्यस्तो कार्य नगर्न सर्वसाधारणलाइ प्रहरीले आग्रह गरेको छ ।

RELATED NEWSसबै