लागु औषध सहित गौर बसपार्कबाट भुसाल पक्राउ

लागु औषध सहित गौर बसपार्कबाट भुसाल पक्राउ

राकेश यादव, १६ साउन
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ स्थित बस पार्क बाट प्रहरीले लागु औषध सहित एक जनालाइ पक्राउ गरेको छ।
अस्थाई प्रहरी पोस्ट बसपार्कको टोलीले मंगलवार राती पौने १० बजेको समयमा बसपार्कमा रहेको चिया पसल अगाडी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको व्यक्तिलाइ चेकजाच गर्दा प्रतिबन्धित औषधि बारामद भएकोले पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ इमाडोल निवासी हसन भुसालको २९ वर्षीय छोरा समिर भुसाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भुसालले बोकेको झोला भित्र चेकजाँच गर्दा DIAZEPAM Injection I.P.-2Ml-९६ पिस,Norphin Injection I.P.-2Ml ९६ पिस, Promethazine Hydrochhoride Injection I.P.-2Ml (Phenergan) -९६, नेपाली नगद रु,१,७७०/- एक हजार सात सय सत्तरी रुपैया, भारतीय नगद रु,१०/- दश रुपैया,Redmi कम्पनीको मोबाईल थान-१ र सोही मोबाईलमा प्रयोग भएको ९७०२८६३६३८ नम्वरको सिमकार्ड थान-१ समेत फेला परेको प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जनाएको छ।
प्रतिबन्धित लागू औषध २८८ एम्पुल सहित दशीका सामानहरु रितपुर्वक बरामद गरी निज समिर भुसाललाई पक्राउ गरी लागू औषध मुद्दामा रौतहट जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

RELATED NEWSसबै