राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ, २३ असोज : वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ ।

आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् । त्यसैगरी जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४२ लाख लाग्ने आयोजकले जनाएको छ । —

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८