पञ्जाब किंग्स ११ वर्षपछि आईपीएल फाइनलमा प्रवेश

पञ्जाब किंग्स ११ वर्षपछि आईपीएल फाइनलमा प्रवेश

काठमाडाैं, १९ जेठ —
पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर(२) मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै ११ वर्षपछि फाइनलमा प्रवेश गरेको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार सम्पन्न खेलमा, पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै जित सुनिश्चित गर्यो। कप्तान श्रेयस अय्यरले ४१ बलमा ८७ रनको अविजित इनिङ खेले, जसमा ५ चौका र ८ छक्का समावेश थियो। विशेषगरी १९ औं ओभरमा अश्विनी कुमारको बलमा दुई छक्का प्रहार गर्दै उनले टोलीलाई जित दिलाए। श्रेयस खेलको प्लेयर अफ द म्याच घोषित भए।

श्रेयसका अतिरिक्त नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाए। मुम्बई इन्डियन्सका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको योगदान दिए भने जोनी बेयरस्टोले ३८ रन बनाए। पञ्जाबका अजमातुल्लाह उमरजाई र अश्विनी कुमारले क्रमशः दुई-दुई विकेट लिए।

पञ्जाबले २०१४ पछि पहिलोपटक फाइनलमा स्थान बनाएको हो। अब फाइनल खेल जुन ३ मा बैंगलोरसँग हुनेछ।

RELATED NEWSसबै
रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

२०८२ असार २१ गते शनिवार ०९:२७
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८