पालिका कपमा चन्द्रपुर नगरपालिका र कटहरिया नगरपालिका विजयी

पालिका कपमा चन्द्रपुर नगरपालिका र कटहरिया नगरपालिका विजयी

पूजा पाठक,
रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगिता अन्तर्गत भैरहेको दोस्रो चरणको खेलमा शुक्रवार कटहरिया नगरपालिका र चन्द्रपुर नगरपालिका बिजयी भएको छ ।
ईशनाथ नगरपालिकालाइ हराउँदै कटहरिया नगरपालिका र दुर्गा भगवती गाउँपालिकालाइ पराजित गर्दै चन्द्रपुर नगरपालिका विजयी भएको हो । बिहान भएको खेलमा पहिलो बल्लेबाजी गर्दै ईशनाथ नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रनको स्कोर खड़ा गरेको थियो । फिरोज आलम ४१ ,सुबोध यादव १८ ,अर्जुन गुप्ता १६ रनको योगदान दिएको थियो भने दीपू साह २ , भोला मली .शेष यादव ,रोहित साह एक एक विकेट हाथ परेका थिए ।
ईशनाथ नगरपालिकाले जितको लागि दिएको १०७ रनको लक्ष्य पूरा गर्न बल्लेबाजी गर्न आएका कटहरिया नगरपालिकाले १६ ओभर २ गेन्दमा ५ विकेटको क्षतिमा ११० रन बनाएर मैच जितेका छन । कटहरियाको लागि संजीव अधिकारी ३० ,विराट यादव २४ र सत्येन्द्र यादव १६ रन बनाएको आयोजक सस्था रौतहट जिल्ला क्रिकेट संघ का प्रेस संयोजक प्रवीण टिबड़ेवालले जानकारी दिएका छन ।
त्यसै गरी दिउँसो १ बजे देखि भएको दोस्रो खेलमा ५५ रनले चन्द्रपुर नगरपालिका बिजयी भएको छ । दोस्रो चरण समूहको खेलमा दुर्गाभगवती गाउँपालिकाको दोस्रो पटक हार भएको छ ।
पहिलो बल्लेबाजी गरेका चन्द्रपुर नगरपालिकाले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रनको स्कोर खड़ा गरेकोमा अस्चल चौधरी ३४ , अभिशेख रौनियार ३० र रिजवान अहमद २३ रन बनाएका थिए ।
जितको लागि १३५ रनको लक्ष्य पाएका दुर्गा भगवतीले १४ ओभर ३ गेन्दमा १० विकेट गुमाउदै ७९ रन बनाएर ५५ रनले मैच हारेको छ ।

RELATED NEWSसबै