रौतहटमा १०६ जनाले गरे आत्महत्या

रौतहटमा  १०६ जनाले गरे आत्महत्या

रौतहटमा १०६ जनाले गरे आत्महत्या

रौतहट जिल्लामा बिधुतको करेन्टबाट र सवारी दुर्घटनामा परि अहिले सम्म ७९ जनाको मृत्यु भएको छ।

चालु आर्थिक बर्ष २०८१/०८२ को श्रावन महिना देखि जेष्ठ मसान्त सम्ममा बिधुतको करेन्टबाट १९ र जिल्लामा भएको ७३० सवारी दुर्घटनामा परि ६० जनाको ज्यान गएको हो। सवारी दुर्घटना परि ११३४ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरको ट्राफिक प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार करेन्ट लागेर ९ जना पुरुष, ३ जना महिला, ६ जना बालक र १ जना बालिकाको मृत्यु भएको हो।

घर, खेतमा सिचाई गर्ने क्रममा बिधुतको करेन्ट लागेको मृत्यु भएको तथ्यांक बढी रहेको प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताएका छन्। असावधानी पुर्बक बिधुतको प्रयोग गर्दा मानवीय क्षति भएको उहाको भनाइ रहेको छ।

घरमा जडान गरिएको मोटर, खेतमा सिचाई गर्न जडान गरिएको मोटरमा करेन्ट लागेर अधिक मृत्यु भएको बुझिएको छ।

प्रहरी कार्यालयको तथ्यांक अनुसार अशाढ़ सम्ममा यो संख्या बढ्ने अनुमान गरिएको छ। चालु आर्थिक बर्षको जेष्ठ महिना सम्म १०६ जनाले आत्महत्या गरेको छ।

३४ जना महिला, ३३ जना पुरुष, ६ जना बालक र ३४ जना बालिकाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गएको आर्थिक बर्ष ०८०/०८१ मा १६९ जनाले आत्मा हत्या गरेको थियो भने ०७८/०७९ मा ८१जना र ०७९/०८० मा ७३ जनाले आत्म हत्या गरेको थियो।

प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले रौतहटमा सवारी दुर्घटना र बिधुतबाट दिनहु भई रहेको मानबिय क्षतिले चिन्ता बढाएको बताएका छन्।

अव्यवस्थित रुपमा प्रयोग गरिने बिधुतको कारण हुने गरेको मानवीय क्षति न्युनिकरण गर्न स्थानीय पालिका प्रमुखले अहम भूमिका खेल्नु पर्ने जोड दिएका छन्।

RELATED NEWSसबै
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

२०८२ असार २० गते शुक्रबार ०५:५९
देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी

२०८२ असार १४ गते शनिवार १०:५८